पोखरा, जेठ १५ गते ।नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिला तर्फको उपाधि जित्दै ह्याट्रिक पुरा गरेको छ । फाइनलमा न्यु डायमण्ड स्र्पोटस क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ हरायो । त्यसै गरी नेपाल पुलिस क्लब पुरुष तर्फ तेस्रो स्थान प्राप्त गरेको छ ।
त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । २७–२५, २५–२०, २३–२५ र २५–१४ ले हरायो । आर्मीले चौथो स्थानमा चित्त बुझायो । महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।
थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५–१८, १०–२५, २५–१३, २९–२७ ले खेल जितेको हो । पुरुष तर्फको फाइन खेल गण्डकी र हेल्थ नेपाल बिच हुदैछ ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुलिस र न्यु डायमण्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमाका लागि छनोट भैसकेका छन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।