पोखरा, जेठ । एसओस हर्मन जिमाईनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहका वीच पुरस्कृत गरेको छ ।
कक्षागत रुपमा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सिमित विद्यार्थीमात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरी देखी नौ सम्मका एक सय ७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो । पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानिया, एसओस वालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्य, चन्दादाता शारदा पराजुली, विद्यालयका प्राचार्य चुँडामणी सुवेदी लगाएतले पुरस्कार प्रदान गरे ।
एसओएस वालग्राम गण्डकीमा आश्रीत असहाय र विपन्न परिवारका वालवालिका सहित एक हजार वालवालिकाले उक्त विद्यालयमा अध्ययन गर्दै आएका छन् । शैक्षिक गतिविधिसँगै विद्यालयले अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासील गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १५ का वडाध्यक्ष तोरण वहादुर वानीयाले भौतिक पुर्वाधारको विकास सँगसँगै मानविय विकासलाई पनि साथसाथै लैजान वडाकार्यालयले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्यमशिलता, स्वरोजगार जस्ता विषयलाई प्राथमिकतामा राखेको वताए ।
उनले वडा कार्यालयले एस.ओएस विद्यालयमा विद्यार्थीहरुलाई छिट्टै पलम्वर, हाउसवयरीङ, ईलेक्ट्रीसिएन, मोवाईल मर्मत सम्वन्धी जीवनोपयोगी व्यवहारीक शिक्षा दिनका लागी आवश्यक वजेट विनियोजन गरेर अगाडी वढेको जानकारी दिए । ‘विद्यालयमा व्यहारीक शिक्षा चाहिन्छ, त्यसका लागी वडा कार्यालयको साथ र सहयोग सधै रहन्छ’ – उनले भने ।
विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति चुँडामणी सुवेदीले विद्यालय वाहिरका सवैखाले प्रतिष्पर्धामा आँफुलाई अव्वल राख्ने गरी विद्यार्थीले गरेको मेहनतको प्रशंसा गरे । उनले आगामी दिनमा विद्यालयलाई अझ उन्नत ढंगले अगाडी वढाउन शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र अन्य सरोकारवाला सवै एकजुट भएर लाग्नुपर्र्र्ने विश्वास व्यक्त गरे ।
विद्यालयले पठन सस्कृतीको विकास गर्ने उद्धेश्य राखेर मिनि लाईव्रेरीको अवधारणा अगाडी सारेको छ । यसवाट विद्यालयको शैक्षिक उनन्नयनमा थप टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । विद्यार्थीको कलात्मक प्रस्तुतीले त्यहा उपस्थित अभिभावकहरुलाई समेत स्तव्ध वनाएको थियो । विद्यार्थीहरु आँफैले तयार पारेको नाटकले हरेक घर परिवारका सदस्यको माया र संरक्षण पाए कोही पनि वावा आमाले वृद्धाश्रमको वास हुनुपर्दैन भन्ने सन्देश दिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक वीर सिंह वुढाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको संचालन शिक्षक शारदा रेग्मी र ध्रुवराज पौडेलले संचालन गरेका थिए ।