पोखरा, जेठ १६ गते । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने नियमावली लागू गरेपछि यातायात व्यवसायीहरूले प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् । गण्डकीमा मात्र १६ हजार सार्वजनिक सवारी साधन आज ठप्प भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा चलिएको यो आन्दोलनले आज शुक्रबार बिहानदेखि लामो र छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा अवरुद्ध गरिएको छ । जसले गर्दा सर्वसाधारण यात्रुहरुमा ठुलो असर परेको छ ।
यातायात व्यवसायीहरूको मुख्य आरोप भनेको निजी नम्बर प्लेट भएका सवारी साधनलाई सार्वजनिक यातायातको रूपमा मान्यता दिने सरकारी निर्णयले पारम्परिक सार्वजनिक यातायात व्यवसायलाई धराशायी पार्ने खतरा देखिएको भन्दैं विरोधमा उत्रिएका हुन् ।