पाेखरा १४ मा अनेमसंघकाे प्रशिक्षण

पाेखरा, जेठ १७ गते । अखिल नेपाल महिला संघ पाेखरा महानगर कमिटी वडा नं १४ ले आफ्ना सदस्यहरुकाे लागि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न  गरेकाे छ ।

कार्यक्रम अखिल नेपाल महिला संघ स्थायी  कमिटी सदस्य तारामाया थापाकाे प्रमुख आतिथ्यता सम्पन्न भयाे ।उद्घाटन गर्दै उहाँँले अनेमसंघले महिला अधिकार प्राप्तिकाे आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेकाे बताउनुभयाे ।

 

कार्यक्रममा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश अध्यक्ष  हिरा गिरीकाे , अनेमसंघ कास्की  जिल्ला अध्यक्ष गिता बि. क.,महानगर कमिटी अध्यक्ष पावर्ती  कार्की, महानगर कमिटी उपसचिव सरिता वास्ताेला र एमाले पाेखरा १४ का  अध्यक्ष बटुकृष्ण कुंवर लगायतले बाेल्नुभएकाे थियाे । अनेमसंघ वडा कमिटी अध्यक्ष रमा वरालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन अनेमसंघ वडा सचिव सरिता गुरुङले गर्नु भएकाे थियाे ।

 

प्रशिक्षणमा वडाका करिव ८० जना अगुवा महिलाकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा संघका प्रदेश अध्यक्ष हिरा गिरीले  संघकाे संगठन निर्माण र परिचालन, वैठक संचालनकाे विधि सम्वन्धमा प्रशिक्षण दिनु भएकाे थियाे । प्रभावकारी र प्रविधि मैत्री हिसाबले संचालन भएकाे प्रशिक्षण विधि अत्यन्त उत्कृष्ट रहेकाे थियाे ।

 

संघका जिल्ला अध्यक्ष गीता वि.क र महानगर कमिटी अध्यक्ष पार्वती कार्कीले प्रशिक्षण दिनुभएको  थियाे  ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...