फेवातालकाे सिमाना छुट्याउन पिलर गाड्न सुरु, स्थानीयकाे विराेध, दस मध्य सात पोल गाडिए

पाेखरा, जेठ १७ गते। पोखरा महानगरको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणकाे चपेटामा परेकाे छ । फेवाताल अतिक्रमणमा परेर यसकाे अस्तित्व संकटमा पर्दै गएको प्रती सबैले चिन्ता प्रकट गर्दै आएका थिए भने सर्वाेच्च अदालतले ६५ मिटरकाे मापदण्ड कायम गर्न फैसला समेत गरेकाे थियाे ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

यति बेला तालफेवाको सीमा (तालघर) छुट्याउने कार्यआजबाट सुरु गरिएको छ । सर्वाेच्च अदालतको आदेश बमोजिम डिजिटल सीमाङ्कन सकिएपछि भौतिक रुपमा पोल गाड्न थालिएको हो। भौतिक पोलबाट ६५ मिटर मापदण्ड कायम गरी त्यहाँ रहेका संरचना हटाएर हरियाली क्षेत्र बनाउन सर्वाेच्चको यसअघि नै आदेश दिएकाे थियाे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोल गाडेर सीमाङ्कन सुरुआत गर्नुभएको हो। सिँचाइ डिभिजन कार्यालय कास्कीको पछिल्लो १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययनपछि तालकोे उच्च विन्दु यकिन गरी पोल गाड्न थालिएको दावी प्रदेश सरकार र महानगरले गरेकाे छ ।

सीमाङ्कन सकेर दूषित र मुआब्जा दिनुपर्ने जग्गा यकिन गर्ने बताइएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारबाट सुरु भएको तालको सीमाङ्कन अब निरन्तर हुने बताउनुभयो। “फेवातालमा पोल गाड्ने काम आज सुरुआत भयो। अब यो निरन्तर हुने छ,” उहाँले भन्नुभयो।

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको अध्ययन र नापजाँचपछि सीमाङ्कन थालिएको बताउनुभयो। फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्भे गरेको थियो। अब तालको उच्च विन्दुमा एक हजार ५५ वटा पोल गाडिने बताउनुभयाे ।

 

महानगर प्रमुख धनराज आचार्यले अहिले तालघर छुट्याउन लागिएको र सो कामपछि अरू प्रक्रिया अघि बढ्ने बताउनुभयो। ब्यक्तिगत नाममा रहेका जग्गाको मुआब्जा दिन जग्गा यकिन गरी सङ्घ सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयाे ।

 

अहिलेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार चार सय ६८ रोपनी तीन पैसा तीन दाम देखिएको छ। पहिलो दिन १० पोल गाड्ने योजना रहे पनि स्थानीयको विरोधका कारण सात वटा पोलमात्र गाडिएका छन्। मुख्यमन्त्री, मेयर र कास्कीका प्रमुख जिल्ला अधिकारीले कडा सुरक्षा घेरामा पिलर गाडे भने स्थानीयले मुख्यमन्त्री र मेयर विरुद्ध चर्का नाराबाजी गरे ।

 

सराेकारवालासंग छलफल नगरीकन काम सुरु गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरे । फेवाताल रहेकाे पोखरा ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले स्थानीयसँग समन्वय गरी काम गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि पाेख्नुभयाे ।

 

“स्थानीयसँग समन्वय गरी तालको मापदण्ड यकिन भएपछि मात्र काम गर्नुपर्ने हो। बाम्बारको सीमाङ्कनले स्थानीय आतङ्कित छन्,” उहाँले भन्नुभयो। अर्का स्थानीय नवीन बराल महानगरपालिकाले सर्वाेच्चको मानहानिबाट बाच्न बिना योजना पोल गाड्न थालेको आरोप लगाउनुभयो।

ताल किनारमा उपस्थिति स्थानीयले लालपुर्जा भएको जग्गाको मुआब्जा दिएर मात्र पोल गाड्न माग गरेका थिए। पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले जनतालाई आश्वस्त बनाएर योजनासहित काम गर्न आग्रह गर्नुभयो। “६५ मिटर खाली बनाएपछि के गर्ने भन्ने गुरुयोजना चाहियो। त्यसअघि जग्गाको मुअब्जा दिनुपर्‍यो,” उहाँ भन्नुहुन्छ, “जनतालाई आश्वास्त नपारी आतङ्क सिर्जना गर्न खोजिएको छ।” स्थानीय नागरिकले आफुहरु फेवाताल विरोधी नभएकाे तर ब्यक्तिगत जग्गा राज्यले मुआब्जा दिएर लिनुपर्ने पर्ने बताउदै विराेध गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...