पोखरा, १८ जेठ ।नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको बताए । क्षमता अभिवृद्घि तालिमले पत्रकारलाई यस क्षेत्रमा टिकिरहन मदत गर्ने बताए । राज्यको चौथो अंगका रुपमा परिचित पत्रकारिताको धर्म समाजमा भइ रहेका गतिविधि नियाल्दै गलत कार्यमा खबरदारी र झक्झकाउन सक्नु पर्ने बताए ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले तालिमबाट प्राप्त ज्ञान र सिपलाई आफ्नो काम र व्यवाहारमा लागू गर्नु पर्ने बताए । पत्रकारले राज्यका निकायहरु खबरदारी गर्दै समाजलाई सुुसुचित गर्नु गर्ने बताए ।फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनु पर्ने बताए ।
तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटा पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणी बरालले फोटो पत्रकारिताको आचारसहिता सहित फोटो पत्रकारिता गर्दा आफुले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए ।दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वातग महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।तीन दिन सम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता छ ।