पाेखरामा खुल्ला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि

पोखरा, जेठ  २० गते ।खेलकुदको शहर पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएकाेपो पाेखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताउनु भयो । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन कोर्टमा हुने उक्त प्रतियोगिता अन्र्तगत यू—११ एकल छात्र तथा छात्रा तर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेण्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने भएको भएको छ ।

 

प्रतियोगितामा यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । पोखरा महानगर वडा स्तरिय (डवल) प्रतिष्प्रर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार , २० हजार र १० हजार प्रदान गरिने भएको हो । यू—११ तर्फका बिजेतालाई भने आकर्षण पुरस्कार प्दान गरिने भएको छ ।

 

प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, चितवन, कपिलबस्तु, भोजपुर लगायतका स्थानबाट करिब १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका संयोजक मधु गिरीले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । बुधबार हुने उद्घाटन खेलमा भने मार्च पास समेत हुने तयारी गरिएको फाउण्डेसनका सचिव बरदान लामाले बताउनु भयो ।

 

तल्लो स्तरबाटै ब्याडमिन्टन खेलको विकास गराउने उद्धेश्यले फाउण्डेसनले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त प्रतियोगितालाई निरन्तर रुपमा अयाोजना गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले जनाउनु भयो ।

 

ओलम्पियन एवं ब्याडमिन्टनका नम्बर वान खेलाडी प्रिन्स दाहालले नेपालमा ब्याडमिन्टन खेलको धेरै सम्भावना भएको दाबी गर्दै नियमित रुपमा प्रतियोगिता र प्रशिक्षण गरे नेपालले यस खेलबाट पदक ल्याउन सक्ने दाबी गर्नुभयो । पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक पुनम गुरुङले पोखरामा तल्लो तहबाट खेलाडी उत्पादन गर्ने अभियानमा आफुहरु लागेको बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्थाले सरकारले पछिल्लो समयमा खेलकुदको महत्व बुझेर यस बर्ष दोब्बरले बजेट आउनु खुसिको कुरा भएको बताउनु भयो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...