पाेखरा-१७ मा वडासंग विद्यार्थी कार्यक्रम

पाेखरा महानगरपालिका वडा नम्वर १७ ले साइबर अपराध र वडा कार्यालयबाट प्रवाह गरिने सेवाकाे विषयमा वडासंग विद्यार्थी कार्यक्रम सम्पन्न गरेकाे छ ।

वडाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई साइबर अपराध र वडाबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको पाेखरा-१७ का वडाअध्यक्ष राधिका शाही याेगीले जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपाल प्रहरीका हुतराज राेकाले साइबर अपराधका, सजायकाे लगायत कानुनी व्यवस्था बारे जानकारी गराउनुभयाे ।त्यस्तै वडा नम्बर १७ का वडासचिव सुरेन्द्र शर्माले वडा कार्यालयबाट दैनिक रुपमा प्रवाह गरिने सेवाका बारेमा विद्यार्थी लाई जानकारी गराउनुभएकाे थियाे ।

विद्यार्थीहरुले वडा कार्यालयले संचालन गरेकाे कार्यक्रम उपयोगी रहेकाे बताउदै वार्षिक कार्यक्रममा समेटन सुझाव दिएका थिए ।वडाभित्र रहेका चार सामुदायिक र संस्थागत १८ विद्यालयका कक्षा ५ देखि १० सम्मका २ सय २५ जना सहभागी भएकाे वडा अध्यक्ष राधिका शाहीले जानकारी दिनुभयाे ।

 

कार्यक्रममा वडा शिक्षा समिति सदस्य बिक्रम गुरुङ, शिक्षा अधिकृत रामप्रसाद तिवारी लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम वडा अध्यक्ष राधिका शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...