छहारी टाेल विकास संस्थाले गरेकाे सडक दाैडमा छाेरेपाटन माविकाे बचश्व

पाेखरा,जेठ २४ गते ।पाेखरा-१७ घारीपाटन स्थित छहारी टाेल विकास संस्थाले आयाेजना गरेकाे सडक दाैड प्रतियाेगितामा छाेरेपाटन स्कुलले वचश्व जमाएकाे छ ।

खुल्ला ५ किलोमिटर पुरुष दाैडमा प्रथम तेनजाेन राेक्का मगर छाेरेपाटन मावि, द्वितीय युवराज मल्ल घारिपाटन टाेल विकास संस्था, तृतीय चेतना चालिसे, चाैथाे किशाेर थापा हिमालयन म्युजियम टाेल विकास संस्था र पाँचौ कृतन श्रेष्ठ हुनुभएकाे छ ।

त्यस्तै पाँच किलाेमिटर  महिला खुल्ला तर्फ प्रथम नारायणी भण्डारी छाेरेपाटन मावि, द्वितीय  मेनुका अधिकारी माच्छापुच्छे टाेल संस्था, तृतीय बिमला थापा श्री रामजानकी आमा समुह
चाैथाे विष्णु बराल र पाँचौ स्थान  राेजनि केसी सनराइज आमा समुहले प्राप्त गर्नुभयाे ।

यता तीन  किलोमिटर विद्यालय स्तरिय छात्र दाैडमा प्रथम प्रकाश तामाङ छाेरेपाटन मावि, द्वितीय तिलबहादुर परियार छाेरेपाटन मावि, तृतीय निशान्त भुजेल छाेरपाटन मावि, चाैथाे  आयुश सुनार छाेरेपाटन र पाँचौ स्थान इशानि वराल शिशु निकेतन स्कुल ।


यता छात्रा तीन  किलाेमिटरमा प्रथम साधना सेवा छाेरेपाटन माविका, द्वितीय साेफिया बरालबालाेदय स्कुल, तृतीय प्रनिसा पाैडेल छाेरेपाटन मावि, चाैथाे एन्जल न्याैपाने छाेरेपाटन मावि र पाँचौ स्थान पाेखरा किन्डर गार्डेन स्कुलकि इशानि बरालले प्राप्त गर्नुभयाे ।

आमा समूह तर्फ तीन किलोमिटर दाैडमा प्रथम विष्णु ठकुरी जुनतारा आमा समूह, द्वितीय अञ्जु कुमारी गुरुङ शुभकामना आमा समुह, तृतीय कमला सापकोटा सुसान्त आमा समुह,चाैथाे
देवी कार्की रामनगर आमा समुह र पाँचौ दुर्गादेवी पाैडेल नारी शक्ति आमा समुह हुनुभयाे ।

पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्धितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयाे ।विद्यालयस्तरीयमा प्रथमले सात, द्धितियले पाँच, तृतियले तीन हजार र सान्त्वनालाई एक हजार छात्र छात्रा दुवैजनालाई प्रदान गरियाे ।

 

विजेता सबैलाई पाेखरा महानगर वडा नम्बर १७ का वडाअध्यक्ष राधिका कुमारी शाही, वडा वडा नम्बर १७ का वडा सदस्य बिक्रम गुरुङ, वडा सदस्य शिवराम भण्डारी, वडा सदस्य तारा सेवा,छहारी टाेल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गाेदार लगयतले नगद, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

 

विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिड् हुदै आँखा हस्पिटल चाेक पुगेर सम्पन्न भयाे भने   महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भै छोरेपाटन स्थित वि.एस. पेटेल पम्पसम्म हुदै आँखा हस्पिटल चाेकमा आएर सम्पन्न भएकाे टाेल विकास संस्थाका  अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिनुभयो ।

 

प्रतियोगता पोखरा वडा नम्वर १७ को विशेष सहयोग र कास्की जिल्ला एथेटिक्स संघको प्राविधिक सहयोगमा भएकाे हाे । खेलकुदको जग विद्यलाय भएकाले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा ईटटा थप्ने विश्वास आयाेकले लिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...