पाेखरा, असार ८ गते ।पाेखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्व ३५ कराेड १२ लाख रुपैयाँ प्रस्ताव गरेकाे छ ।
आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथामिकताहरु पूरा गर्न प्रस्थावित कार्यक्रमहरु कार्यान्वयनका लागि ८ अर्व ३५ करोड १२ लाख बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताउनुभयाे ।
उक्त बजेटको खर्च व्यहोनें स्रोतहरुमा सघिय सरकार अनुदानबाट ३ अर्व १ करोड ८१ लाख अर्थात ३६.१३ आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख अर्थात ६३.८७ प्रतिशत व्यहोरिने छ ।
खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ रु.५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ रु.३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ रु.१८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ रु.२ अर्व ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विधयेक २०८२ तथा विनियोजन विधयेक २०८२ सम्मानित सभामा पेश गरेको छु । आन्तरिक राजश्व परिचालन तर्फ करक्षेत्रको अंश रु.३ अर्व २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको छ ।
स्थानीय राजश्व बाँडफाँडबाट १ अर्व करोड १९ लाख १४ हजार अर्थात १५.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, संघिय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, सघिय अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश अनुदानबाट रु.८ करोड १५ लाख ४६ हजार अर्थात १.५५ प्रतिशत ब्यहोरिनेछ ।
बजेटका प्रथामिका
पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास সই
उत्पादनमूलक व्यावसायिक कृषि प्रणालीको विकास गर्ने
समानुपातिक विकास प्रक्रिया अवलम्बन गर्ने
फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रदूषण नियन्त्रण गर्ने
. सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने
सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको विकास गर्ने
सामाजिक न्याय, लैङ्गिक समावेशीकरण र सहभागितामूलक विकासका माध्यमबाट समतामुलक समाजको निमाण गर्ने
आधारभूत शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभुत गर्ने
बजेटका प्राथमिकता देहाय बमोजिम तोकिएको छ ।
हरित, उत्थानशील र दिगो पूर्वाधार विकास
पर्यटन प्रवर्द्धन
वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन
समावेशी, सन्तुलित र समतामूलक विकास
संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह
स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन
गुणस्तरीय, जवाफदेही र प्रतिस्पधी मावनस्रोत विकास
सभाध्यक्षज्यू,
अव म यो सम्मानित सभा समक्ष आगामी आर्थिक वर्ष २०८२१०८३ को क्षेत्रगत बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनमति चाहन्छु ।
सस्थागत विकास तथा शुसासन तर्फः
88. सेवाको पहुँचबाट विमख ग्रामिण क्षेत्रमा रहेका नागरिकहरुलाई लक्षित गरी ग्रामीण तथा विकट क्षेत्रमा संभाव्य सेवाहरु घरदैलो मैं प्रदान गर्ने गरी घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु । महानगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरु समेतको विषयगत क्षेत्रको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न तालिम र प्रशिक्षण कार्यक्रम संचालन गर्न रु.४० लाख बजेट विनियोजन गरेको छु ।
४५ महानगरबाट प्रवाह गरिने सेवा तथा सुविधाहरू, कर्मचारी र सेवाग्राही बिचको कार्य व्यवहार, सेवा प्राप्त गर्न लागेको समय, सेवा बापतको मूल्य, परिमाण तथा गुणस्तरका सम्बन्धमा सेवाग्राहीसँग राय प्रतिक्रिया माग गर्नका लागि सूचकहरूमा आधारित सेवाग्राही सन्तुष्टि फारम भर्न लगाई प्रतिवेदन लिईने छ । यस कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४६. महानगरपालिकामा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ बमोजिम सुशासन प्रवर्धनका लागि सूचना माग गर्ने सरोकारवाला सेवाग्राहीलाई प्राथमिकतापूर्वक सूचनाहरू उपलब्ध गराइएको छ । चालु आर्थिक सूचनाको हक सम्बन्धी जनचेतना जगाउन आवश्यक बजेट विनियोजन भएको छ ।
४७सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम खरिद प्रक्रियालाई व्यवस्थित, प्रविधिमैत्री र सरल तथा सरोकारवालाको पहुँचयोग्य बनाउन खरिद कार्यमा संलग्न जनशक्तिलाई क्षमता विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४८. विपद् व्यवस्थापन कार्यमा खटिने जनशक्तिहरुको क्षमता विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । विपद् जोखिम न्युनिकरण, विपद् पूर्व तयारी, राहत, उद्धार, प्रतिकार्य र पुनस्थापना लगायतका लागि Rapid Response Team व्यवस्थापनका गर्न रु.३ करोड २४ लाख बजेट विनियोजन गरेको छु ।
४५. न्यायीक समितिका काम कार्वाहीहरुलाई व्यवथित गर्दै महानगरको आवश्यकता बमोजिम आवश्यक ऐन कानुन निर्माण र मुद्दाको फैसला कार्यान्यन, सामाजिक मेलमिलापकर्ताहरुको अभिमुखीकरण, कानुनी सचेतना अभिवृद्धि लगायत कार्यका लागि रु.१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ।
५० नगरक्षेत्रमा हुने अवैध कार्यहरु नियन्त्रणका लागि कानुन कार्यान्वयनमा महानगरीय प्रहरी बलको अनुगमन कार्यलाई प्रभावकारी बनाउन प्रहरीहरुको लागि आवश्यक सुरक्षा सामग्री खरिद र दुर्घट्ना बिमा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थाण गरेकाे छु
राजश्व परिचालनलाई प्रभावकारी बनाउँदै करको दायरा विस्तार गर्ने नीति बमोजिम सम्पति तथा मालपोत करको दरमा एकरुपता ल्याउन मालपोत तथा नापी कार्यालयसँग आवश्यक समन्वय गरिनेछ । भुक्तानी प्रणालीलाई कर सुचना प्रणाली र भू-सुचना प्रणालीमा आवद्ध गर्दै डिजिटल प्रणाली मार्फत राजश्व भुक्तानी गर्ने व्यवस्था मिलाएको छु ।
करदाताहरुलाई स्थानीय तहबाट संकलन हुने कर तथा दस्तुरहरुको जानकारी उपलब्ध गराउन कर सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाएको छु । समयमै कर दाखिला गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्पति, मालपोत र व्यवसाय कर पौष मसान्त भित्र दाखिला गरेमा १५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु । युवा उद्यमीले नवप्रवर्तनात्मक व्यवसाय गरेमा थप ५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
३३ विपत्तिमा परेका परिवार, पराम्परागत शैलीका पुराना घरहरु साविक कै स्थान र शैलीमा निर्माण गरेमा, अपाङ्गता भएका व्यक्तिले अपाङ्गतामैत्री पहुँचयुक्त घर निमाण गरेमा नक्सापास दस्तुरमा छुट दिने व्यवस्था मिलाएको छु ।
३४. स्थानीय सरकार संचालन ऐन २०७४ ले तोके बमोजिम इजाजत प्राप्त गरी भवन निर्माण कार्य ४ वर्षसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका भवनहरुको हकमा आर्थिक ऐनले तोकेको विलम्व शुल्क लिई घर सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरिनेछ । नक्सापास विना निर्माण भएका सवै प्रकारका भवन संरचनाहरुलाई महानगरपालिकाको अभिलेखमा आवद्ध गरि एकिकृत सम्पत्ति कर प्रणालीमा आवद्ध गरिनेछ ।
५५. राजस्व असुलीलाई प्रभावकारी बनाउन स्थलगत अनुगमन गरी व्यवसाय दर्ता नियमन तथा दण्ड जरिवाना कार्यान्वयन गर्न राजस्व गस्ती टोली परिचालनको व्यवस्था मिलाइने छ । आन्तरिक आय विस्तारको लागि नगरक्षेत्र भित्र रहेका पर्यटकिय स्थलहरुलाई महानगर मातहत ल्याई पर्यटन शुल्क संकलन गर्ने प्रक्रिया अगाडी बढाईने छ ।
५६. पत्रकारिता क्षेत्रको प्राज्ञिक विकास तथा खोज पत्रकारिता प्रोत्साहन, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि र लेखनवृतिका लागि आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
महानगरपालिकाको प्रशासनीक तथा कार्यालय सञ्चालन र कार्यक्रम संचालनका लागि नगरकार्यपालिकाको कार्यालय खर्चकेन्द्र अन्तरगत रु.५५ करोड विनियोजन गरेको छु ।
स्वास्थ्य तर्फः
५७. निशुल्क आधारभूत स्वास्थ्य सेवा महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट नियमित उपलब्ध हुदै आएको छ । सोका लागि ५८ प्रकारका औषधि तथा उपकरणहरू नियमित उपलब्ध गराउने
व्यवस्था मिलाइएको छ । यसका लागि शशत तथा तथा आन्तरिक गरि रु.१ करोड ६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ ।
आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति तथा स्वास्थ्य सस्थाहरूको व्यवस्थित संचालनका लागि शशतं तथा आन्तरिक स्रोतबाट रु. १४ करोड ५० लाख विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा जनसंख्याका, भूगोल, महानगरमा उपलब्ध श्रोत तथा समयको परिवर्तनसमै महानगरवासीको बढ्दो आवश्यकता परिपूर्ति गर्न हाल कायम स्वास्थ्य सस्थाहरूको स्तरोन्नती, स्थानान्तरण तथा कटौति गरी स्वास्थ्य सेवालाई सुदृढिकरण गर्ने कार्य आगामी आ. व. मा सम्पन्न गरिने छ ।
६०. महिलाहरूमा हुने प्रमुख स्वास्थ्य समस्याहरू जस्तै पाठेघरको मुखको क्यान्सर, गर्भवती तथा सुत्केरी अवस्थामा हुने जोखिम न्यूनिकरणको लागि गर्भावस्थामा हुने मेडिकल जाँचको लागि रु.१४ लाख बजेट व्यवस्था गरेको छु ।
६१. शशर्त अनुदानमा मातृ तथा नव शिशु कार्यक्रमको निरन्तरताका लागि रु.२२ लाख १ हजार बिनियोजन गरेको छु ।
६२. बालबालिका तथा किशोर किशोरीहरूको स्वास्थ्य सम्बर्धन तथा प्रवर्धन गर्न खोप सेवा, पोषण सेवा, नवजात शिशु तथा बाल्यकालिन रोगहरूको एकिकृत व्यवस्थपन तथा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
६३. दिनानुदिन बढ्दै गएको नसर्ने रोगको प्रकोपलाई कम गर्न समयमा नै रोगको पहिचान गरि उपचारको दायरामा ल्याउने कार्यका लागि समुदायस्तरमा बिभिन्न स्किनिंग कायक्रर्महरू संचालन गरिने छ । सोका लागि ४० बर्ष माथिका सबै नागरिकहरूको स्क्रिनिङ गर्ने, वृद्धबृद्धा, असक्त, दिर्घरोग लागेका, असहाय तथा विपन्न नागरिक लक्षित घरघरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्न रु.४३ लाख बजेट व्यवस्था गरेको छु ।
६४ सघिय सरकारको अनुदानमा मृगौला प्रत्यायोजन गरेका, डायलाईसिस गराइराखेका, क्यान्सर रोगि र मेरुदण्डको पक्षघात भएका बिरामीहरुलाई मासिक औषधि उपचार खर्च बापत रु.२ करोड ६८ लाख बिनियोजन गरेको छु ।
६५. स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो पारी बढी भन्दा बढी नगरबासीको पहुच पुर्याउन आवश्यक समन्वय, सहयोग र सहकार्य गरिनुका साथै विपन्न नागरिकहरूले उपचारबाट बन्चित भई अकालमा ज्यान गुमाउन नदिन महानगरबाट पहिचान गरिएका विपन्न घरपरिवारलाई परिचय पत्रका आधारमा बिमा गरिदिने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि आगामी आ.व.मा रू. ३० लाख बजेट बिनियोजन गरेको छु ।
विद्यार्थीहरूको स्वस्थ व्यबहार प्रबर्दन गर्दै मेधावी तथा लगनशिल जनशक्ति उत्पादनका लागि केही सामुदायिक बिद्यालयहरूमा नमुनाका रूपमा आगामी वर्षदेखि विद्यालय तसं स्वास्थ्यकमी कार्यक्रम संचालन गर्न रु.२२ लाख ५० हजार बजेट बिनियोजन गरेको छु ।
स्वास्थ्य संस्थाहरुको भवनको मर्मत संहार र स्वास्थ्य सेवा प्रवाहको रेकडिंग प्रणाली सबै संस्थामा डिजिटलाईजेसन गर्न रु.८० लाख विनियोजन गरिएको छ । डेगी, कोभिड-१५९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद व्यवस्थापन तथा प्रतिकार्यका लागि बजेट व्यवस्था गरेको छु ।
तथ्यमा आधारित योजना निर्माणका लागि तथा महानगरमा रोगको भार तथा त्यसको असर एकिन गर्न अनुसन्धान गर्ने कार्यका लागि बजेट व्यवस्था गरेको छ । सघिय तथा प्रदेश सरकारसँगको समन्वयमा तरकारी, फलफूल लगायतका खाद्यपदार्थमा हुने मिसावट तथा विषादी प्रयोगको नियमन र नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
६५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गर्दै आएका सेवा तथा सुबिधाहरूलाई निरन्तरता दिइएको छ । ६० बर्ष पुगी अनिवार्य अवकाश हुने स्वयमसेविका प्रोत्साहन स्वरुप महानगरले रु.५०,००० रकम एकमुष्ठ उपलब्ध गराउन रु.१३ लाख बिनियोजन गरिएको छ ।
७०. महानगरको एक मात्र आधारभूत अस्पताल शिशुवा अस्पतालमा बिशेषज्ञ सेवा विस्तार गर्न हालै स्वीकृत संगठन तथा व्यवस्थापन सर्भे बमोजिमका सेवा तथा जनशक्ति थप गरि गुणस्तरिय र बिशेषज्ञ सेवा उपलब्ध गराउन रु.१ करोड २० लाख बजेट बिनियोजन गरेको छु । जेष्ठ नगारिक र गर्भवतीहरुलाई एम्बुलेन्स सेवाका लागि आवश्यक व्यवस्था मिलाएको छु । महानगरको ग्रामिण भेगमा रहेको जनतालाई लक्षित गरि मुख स्वास्थ्य कार्यक्रम बिस्तार गर्न रु ११ लाख विनियोजन गरिएको छ ।
७१. आगामी आर्थिक बर्षमा संघिय शसर्त अनुदान रु.१५ करोड ४ लाख र महानगरपालिकाको आन्तरिक श्रोतबाट स्वास्थ्य सेवामा रु ११ करोड ९८ लाख गरि जम्मा रु.३१ करोड २ लाख बिनियोजन गरेको छु ।
शिक्षा तर्फः
७१ न्यून वेतनमा कार्यरत वालविकास केन्द्रका सहयोगी कार्यकर्ता एवं विद्यालय कर्मचारीहरुका लागि न्युनतम तलब सुविधा उपलब्ध गराइ मनोवल वृद्धि गरी समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउन रु.४ करोड ४८ लाख बजेट विनियोजन गरेको छु । महिला शिक्षकहरूको प्रसुति विदाको समयमा विद्यार्थीको पठनपाठनलाई नियमित गर्न प्रसूति सट्टा शिक्षकको साविकको व्यवस्थालाई निरन्तरता दिएको छु ।
विद्यालय तहदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडि उत्पादन गर्ने कार्यमा सघाउ पुरयाउने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता लगायत कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरक्षेत्रमा आयोजना हुने नगरस्तरीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद गतिविधिहरुमा साझेदारी गर्दै महानगरको समग्र खेलकुद विकासका लागि रु.१ करोड ५८ लाख बजेट विनियोजन गरेको छु ।
पोखरा प्रज्ञा प्रतिष्ठान पुनर्गठन गरी प्रज्ञा प्रतिष्ठान मार्फत कला, संस्कृति, साहित्य, समित, नाट्य तथा प्राज्ञिक क्षेत्रका विविध कार्यक्रम सञ्चालन तथा विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने व्यक्ति व्यक्तित्व संस्थालाई पोखरेली नवरत्न सम्मान प्रदानका लागि रु.४० लाख बजेट विनियोजन गरेको छु ।
युवालाई राष्ट्र निमाणमा अभिप्रेरित गरि विदेशीने क्रमलाई क्रमसः कम गर्दै लैजाने नीति अनुरुप युवा क्रियाशीलता वृद्धि गर्दै उद्यमशीलता एवं आयआर्जन समेतका युवा लक्षित कार्यक्रम संचालन गर्न सिपमुलक तालीम, Startup कार्यक्रम संचालन गर्न रु.३५ लाख बजेट विनियोजन गरेकोछु ।
७५ ७ वटा प्राविधिक विषयमा अध्ययन अध्यापन भइरहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा आगामी वर्षदेखि थप २ वटा प्राविधिक विषयहरु थप गरी पठनपाठन सञ्चालन गरिनेछ । बहुप्राविधिक शिक्षालयको समग्र शैक्षिक गतिविधि सञ्चालनका लागि रु.१ करोड ८५ लाख बजेट विनियोजन गरेको छु ।
७६. विद्यार्थीको दिवा खाजा कार्यक्रम मार्फत विद्यार्थीको विद्यालय भर्ना र विद्यालय नियमित जान प्रोत्साहन मिलेको छ । विद्यालय छोड्ने दरमा कमी आएकोले आधारभुत तह पूरा गर्ने विद्यार्थी संख्या वृद्धिको सकारात्मक नतिजा प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त स्रोतमा रु.१० थप गरी प्रति विद्यार्थी दीवा खाजा खर्चका लागि रु.४ करोड बजेट विनियोजन गरेको छु ।
७७.
विद्यार्थीहरुको पठनपाठन अवस्थाबारे अभिभावकसँग परामर्स गर्न प्रदेश सरकारसँगको साझेदारीमा अभिभावक शिक्षा एव विद्यार्थी वृत्ति परामर्श सेवा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
७८. शिक्षा क्षेत्रका समग्र गतिविधि सञ्चालन गर्न महानगर तर्फ रु.१८ करोड ५५ लाख र संघिय शसतं अनुदान तर्फ रु.१ अरब ५४ करोड ३८ लाख ५१ हजार गरी कुल रु.१ अरब ७३ करोड ३३ लाख ५१ हजार विनियोजन गरेको छु ।
सामाजिक विकास तर्फ
७५. उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिएको छु । लैङ्गिक हिंसा विरुद्ध पुरुषको ऐक्यवद्धता कार्यक्रमका लागि रु.१० लाख, महिलाहरुको सीप तथा क्षमता विकास, एकल महिला, एच.आइ.भि संक्रमित महिला, आमा समुह, टोल विकास संस्थाहरु समेतको लागि रु.५० लाख र वडा नं ३३ मा
संचालन हुने प्रादेशिक दीर्घकालिन पर्नस्थापना केन्द्रको लागि रु.१५ लाख बजेट विनियोजन गरेको छ।
बालबालिकाको क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्ने गरी रु.४५ लाख, दश प्रकारका अपाङ्गता * भएका व्यक्तिहरुलाई अपाङ्गतामैत्री कार्यक्रमका लागि रु.५५ लाख र ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी रु.२१ लाख बजेट छुट्टाएको छु ।
सडकमा आश्रित तथा सहयोगापेक्षी मानव व्यवस्थापनको लागि मानव सेवा आश्रमलाई रु १५ लाख, अन्य सामाजिक क्षेत्रका विविध पक्षहरु समेट्ने गरी रु.४३ लाख, विपन्न तथा मध्यम आय भएका परिवारको आवास निमर्माण तथा मर्मतसंभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति रु.८ लाख परिचालन गर्ने गरी व्यवस्था मिलाएको छु ।
८२ समग्र सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न कुल रु.३ करोड ८५ लाख विनियोजन गरेको छु ।
पूर्वाधार तर्फ
८३. महानगर स्तरीय ३५ वटा बहुवर्षिय योजना सम्पन्न गर्न रु.८७ करोड बजेट विनियोजन गरेकोछु। बहुवर्षिय योजनालाइ वर्षेभरि बजेट अभाव हुन नदिने गरि चालु बर्षमा नयाँ कार्यक्रम अगाडि बढाउने व्यवस्था मिलाएको छु ।
८४. सबै वडाहरूको सन्तुलित विकास गर्ने नीति अनुरूप वडा कार्यालयहरुको पूर्वाधार निर्माण गर्न १ अरव बजेट प्रस्ताव गरेको छु । वडा कार्यालयको प्रशासनिक तथा कार्यालय संचालन तर्फ रु.६ करोड बजेट विनियोजन गरेको छु ।
८५. शहरी सडकहरू स्तरोन्नति गर्ने कार्य कमशः कार्यान्वयन भैरहेको छ । शहरी सडक अस्फाल्ट, कक्रिट गर्न रु.१५ करोड बजेट व्यवस्था गरेको छु ।
८६. पोखरा महानगरपालिकाको प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति प्रकृया सम्पन्न भई प्रशासकिय भवन निर्माण कार्यको पहिलो त्रैमासिक भित्र ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । यसका लागि रु.२५ करोड बजेट विनियोजन गरेको छु ।
८७. सडक सुरक्षाका लागि रंगरोगन, रेलिङ्ग, ब्यारीकेड समेत कार्यका लागि रु.१ करोड बजेट व्यवस्था गरेको छु । यसवाट सडक दुर्घट्ना न्युनीकरणमा सहयोग पुग्ने विश्वास लिएको छु ।
८८. सडक पूर्वाधारहरुको गुणस्तर कायम गर्न हाल संचालनमा रहेको पूर्वाधार गुणस्तर नियन्त्रण प्रयोगशालाको स्तरोन्नति गरिनेछ । यसका लागि रु.१ करोड बजेट प्रस्ताव गरेको छु ।
८५. महानगरपालिकाको पूर्वाधार विकास लागि कुल रु.२ अर्व ३३ करोड विनियोजन गरेको छु।
आठ छिमेकी पालिका तथा दुई मितेरी पालिकाकाहरुसँग साझेदारी गरी पर्यटन पूर्वाधार निमर्माणका लागि अनुदानका लागि रु.१ करोड ५० लाख विनियोजन गरेको छु ।
सहरी विकास पर्यटन, वन तथा वातावरण तर्फ ३८ करोड विनियोजन गरेको छु ।
सभाध्यक्षज्यू,
अव म माथीका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथामिकताहरु पूरा गर्न प्रस्थावित कार्यक्रमहरु कार्यान्वयनका लागि ८ अर्व ३५ करोड १२ लाख बजेट विनियोजन गरेको छु । उक्त बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा सघिय सरकार अनुदानबाट ३ अर्व १ करोड ८१ लाख अर्थात ३६.१३ आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख अर्थात ६३.८७ प्रतिशत व्यहोरिने छ ।
१००. खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ रु.५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ रु.३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ रु.१८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १९.१६ प्रतिशत, पूर्वाधार तर्फ रु.२ अवं ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
१०१. पोखरा महानगरपालिकाको आर्थिक विधयेक २०८२ तथा विनियोजन विधयेक २०८२ सम्मानित सभामा पेश गरेको छु। आन्तरिक राजश्व परिचालन तर्फ करक्षेत्रको अंश रु.३ अर्व २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट १ अर्व करोड १५ लाख १४ हजार अर्थात १५.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, सघिय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, संघिय अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश अनुदानबाट रु.८ करोड १५ लाख ४६ हजार अर्थात १.५५ प्रतिशत ब्यहोरिनेछ ।
राजश्व प्रशासन सुधारः
१०२. राजस्व प्रशासनको क्षमता अभिवृद्दि गरी कर प्रणालीलाई चुस्त, सरल, प्रविधि र करदातामैत्री बनाउदै व्यवसायी र करदाताको कर परिपालना अभिवृद्धि गर्न र कर चुहावट नियन्त्रण गर्न प्रभावकारी उपायहरु अवलम्वन गरिनेछ ।
७१०३ सबै करदाताको विवरण डिजिटल प्रणालीमा आवद्द गरी Integrated Tas Portal जलत Individual Tax ID को लाम् गरिनेछ । करदाताले घरमै बसी मोवाइल एपवाट कर/राजस्व तिनें व्यवस्था अर्थात ई पेमेन्ट व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ ।
१०४ महानगरपालिकाको राजश्व सुधार योजना बनाई राजश्व प्रशासन क्षेत्रको संस्थागत दक्षमता अभिवृद्धि गरिनेछ । महानगर क्षेत्रभित्रका भवन संरचनाको नक्सा पास दस्तुर, सम्पत्ति कर, व्यवगाव कर, बहाल कर तथा अन्य सेवा शुल्क संकलन तथा घरजग्गा मूल्यांकन प्रणालीलाई यथार्थपरक बनाउन GPS व्यवस्थापन प्रणाली संचालनमा ल्याइनेछ ।
१०५ राजश्व असुली र परिपालनालाई विकास निर्माण र आयोजना सञ्चालनसंग आवद्ध गरिनेछ । कर निर्धारणलाई प्रविधिमा आधारित बनाई सुदृढ र व्यवस्थित गरिनेछ ।
खर्च प्रणालीः
१०६. खर्च प्रणालीलाई सरल, सहज र व्यवस्थित गर्न आगामी आ.व. देखि सवै खर्च केन्द्रहरुमा वदिद्युतीव भुक्तानी प्रणाली पूर्ण रुपमा लागु गरिनेछ । आम्दानी र खर्चको विविरण दैनिक रुपमा डजिटिल माध्यमबाट प्रकाशन गरिनेछ ।
अन्त्यमा,
प्रस्तुत बजेट तर्जुमा गर्ने कार्यमा महत्वपूर्ण भूमका निर्वाह गर्ने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समिति, विषयगत समिति, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, महानगरपालिकाका महाशाखा, शाखा र एकाइहरु, नगरसभा सदस्यज्यूहरू र सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बजेट तर्जुमा जति महत्वपूर्ण छ, यसको कार्यान्वयनबाट यसको सार्थकता झल्किन्छ । यसर्थ, बजेट कार्यान्वयनमा नगरसभासदज्यूहरु, कर्मचारी सयन्त्र, नागरिक समाज, सञ्चार माध्यम, विकास साझेदार एवं सम्बद्ध सबै सरोकारवालाहरुवाट रचनात्मक सहयोगको अपेक्षा गर्दै समृद्ध पोखरा निर्माणमा सबैले आ आफ्नो क्षेत्रवाट योगदान गर्ने आशा एवं विश्वास व्यक्त गर्दछु।
जय पोखरा, जय पोखरावासी ।
धन्यवाद ।
मन्जुदेवी गुरुङ
नगर उपप्रमुख, पोखरा महानगरपालिका
मिति : २०८२।०३।०८ गते आइतबार