फागुन ।पुल्चोक, ललितपुर – राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणको समयावधि थप गरेको छ। यसअघि २०८२ फागुन ११ गतेसम्म तोकिएको अवधि अब २०८२ चैत्र १७ गतेसम्म कायम रहनेछ।

सहकारी ऐन, २०७४ को दफा २०क बमोजिम प्राधिकरणले “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२” जारी गरी २०८२ मंसिर १० गतेदेखि दर्ता अभिलेखीकरण प्रक्रिया सुरु गरेको थियो। मापदण्ड (दोस्रो संशोधन) को दफा ३(४) अनुसार थप गरिएको अघिल्लो समयसीमा फागुन ११ गते समाप्त हुने तय भए पनि सबै सहकारी संस्थाको विवरण प्रविष्टि कार्य पूरा हुन नसकेको भन्दै समय पुनः थप गरिएको जनाएको छ।
प्राधिकरणको २०८२/११/०९ गतेको निर्णय तथा “दर्ता अभिलेखीकरण (तेस्रो संशोधन) मापदण्ड, २०८२” को दफा ३(४) बमोजिम अब २०८२ चैत्र १७ गतेभित्र अनिवार्य रूपमा दर्ता अभिलेखीकरण सम्पन्न गर्नुपर्नेछ।
प्राधिकरणले तोकिएको अवधिभित्र सबै सम्बन्धित सहकारी संस्थालाई आवश्यक विवरण प्रविष्ट गरी दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। सूचना अत्यन्त जरुरी भएकाले समयमै प्रक्रिया सम्पन्न गर्न अनुरोध गरिएको छ।