काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो ।
यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।
यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।