पाेखरा ।आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । आज विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसैबीच पाेखरामा राेपाइ महाेत्सव गरेर असार १५ मनाइदैछ ।
पहिचान बनेको छ। तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालिका रूपमा प्रयोग गरिंदै आएको धान खेती विगतका केही समय यता खस्कदै गरेको अवस्था छ।
पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हास आईरहेको छ। खेती योग्य जमिनसंगै सिमसार, रामसार क्षेत्रको संरक्षण, प्राकृक्तिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती बन्दै गईरहेको छ । यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले विगतमा जस्तै यस बर्ष असारे रोपाइँ महोत्सवलाई निरन्तरता दिएकाे पाेखरा पर्यटन परिषद्काले जनाएको छ।
यस पटककाे राेपाइ महाेत्सव पाेखरा २६ गुदेताल क्षेत्रकाे फाँटमा हुने छ । पोखरा पर्यटन परिषद् तथा स्थानीय आयोजकको रूपमा शान्तिप्रेमी आमा समुह, पोखरा – २६ लेखनाथ गुदेताल (तालवेसी) रहेका छन। कार्यक्रमको प्रवर्द्धकका रूपमा गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा सहकार्य पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाषिज्य संघ रहेका छन् ।