एकराज गिरी/पोखरा, असार १५ गते । असार १५ अर्थात धान दिवसको अवसरमा पोखरामा आयोजना गरिएको २० औ असारे रोपाई महोत्सवमा आन्तरीक र बाह्य पर्यटक रमाए ।

पर्यटकलाई दही र चिउराले स्वागत गर्न पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २६ का स्थानीयहरु ब्यस्त थिए । टपरीमा दही रोटी र चिउराको स्वाद अनि हिलोमा खेलेर पर्यटक रमाएका थिए । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यस पटक लेखनाथमा आयोजना गरिएको पोखरा पर्यटन परिषदले जनाएको छ । नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपाली संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो पाेखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयाे ।
खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुदैँ पर्यटक दही र चिउराको स्वादमा नाच्दै नेपाली संस्कृतीमा रमाए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने हुनुभएको थियो । असारे रोपाई महोत्सवको लागी भनेर विभिन्न देशका पर्यटक सहभागी हुनुभयो । रोपाई महोत्सवमा सहभागी हुनकै विभिन्न देशकाहरु पोखरा आएका थिए । “पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित महोत्सव आयोजना गरिएको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्ना गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले बताउनुभयो ।
विदेशी पर्यटकहरु नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताउनुहुन्छ । अष्टे«लियाका डेनीसले भने हिलोमा खेल्दा रमाईलो लाग्यो । उनले हिलोमा खेलेको र धान रोपेको देख्दा रमाइलो लागेको बताए । मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने ।
लोपहुदैं गएको परम्परागत कृषि प्रणालीलाई जोगाई नेपाली सँस्कृतिलाई जगेर्ना, कृषि क्षेत्रलाई बढवा दिई कृषि उद्योगलाई सघाउने र आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पोखरेली पर्यटनकर्मीले असारे पन्ध्रमा रोपाँई महोत्सवको आयोजना गदै आएका छन् । खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो ।
पोखरामा खेतीयोग्य जमिन प्लटिङले हराउँदै गएका छन् । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गरे । उहाँले आर्थिक विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताउनुभयो । उहाँले यहाँ भएका प्राकृतिक, धार्मिक र सांस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयाेग पुग्ने बतााउनुुभयाे ।
कृर्षिको विकास विना आर्थिक समृद्धि सम्भव नहुने बताउदै यस्ता महोत्सवले पर्यटन क्षेत्रसंगसगै आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास ब्यक्त गनुभयो ।