गण्डकी टि-२० क्रिकेट : कृषाको कप्तानीमा १४ सदस्यीय टोलि घोषणा

पोखरा ।गण्डकी प्रदेश महिला टि२० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा गरिएको छ । पोखरा रंगशालामा बुधबारबाट (भोलि) हुने प्रतियोगिताका लागि कृषा अखेलीको कप्तानीमा १४ सदस्यीय टोलिको घोषणा गरेको हो ।

टिममा शुसिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसि, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसि, जेनिशा शर्मा र दिपिका सापकोटा रहेकी छन । यस्तै टिम कोचमा अजय लामिछाने रहेका छन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा हुन लागेको प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा, नवलपुरको सहभागीता रहेको छ ।

 

१८ गते पहिलो खेलमा कास्की र स्याङ्जा भिड्दैछन । दोस्रो खेल पर्वतले नवलपुरसंग खेल्ने छ । यस्तै पर्वतले १९ गते स्याङजा र २० गते कास्कीको सामना गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...