पोखरा, असार २८ गते । पोखरामा बिपी स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । बिपी स्मृति मेमोरियल कास्कीको आयोजनामा साउन ६ र ७ गते पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हाे ।
युवाको प्रतिभा उजागर गर्न र स्थानीय र राष्ट्रिय खेलाडीवीच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको सहयोगी सस्था नयाँ गाउँ युवा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयाे ।
प्रतियोगितामा देशैभरीबाट ४० टिमको सहभागिता रहने अपेक्षा आयोजकले गरेकाेछ । प्रतियोगिताको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले ५ हजार ट्रफि मेडल र प्रमाणपत्र, बेस्ट किपर, हाइस्कोर र बेस्ट डिफेन्डरलाई नगद दुई दुई हजार प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताउनुभयाे ।
प्रतियोगितामा टिम दर्ताको लागि ६ हजार शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा आफ्नो स्वर्गीय साथिहरु उत्तम गुरुङ, अनिल गुरुङ र सजत कार्कीको सम्झनामा प्रतियाेगिता गर्न लागिएको हाे ।
प्रतियोगीता संचालन गर्न पाँच लाख रुपैयाँ खर्च हुने र बचत रकम तनहुँको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेको बताइएको छ ।