लायन्स क्ललायन्स क्लब पोखरा अभियानद्वारा मृगौला पीडितलाई सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले लायन वर्ष २०२५/२६ को पहिलो सेवा कार्यक्रम अन्तर्गत कास्की मादी गाउँपालिका–१२ निवासी २९ वर्षीय मृगौला पीडित विशाल रानाभाटलाई रु ३०,५०० आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि आइपिडीजी लायन विनोद ढुंगाना, विशेष अतिथि एरिया कोर्डिनेटर लायन सूर्य चापाई, लायन मातृका पोखरेल, तथा लायन डिलाराम लामिछानेको उपस्थिति मा कार्यक्रम भएकाओ थियो ।

कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष लायन बिनोद राज आचार्यले आचार्यले लायन वर्षको प्रारम्भ सेवामूलक कार्यबाट गर्न पाउनु गौरवको कुरा भएको बताउँदै, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन सुशिल दाहालले गर्नु भएको थियो भने स्वागत मन्तव्यसहित संयोजनको जिम्मेवारी लिएका लायन दिपेश रानाभाटले सहयोग संकलनदेखि कार्यक्रम व्यवस्थापनसम्म उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।दुबै मृगौला फेल भई मृगौला प्रत्यारोपण आवश्यक रहेको अवस्थामा क्लबले सुरु गरेको यो मानवीय अभियानले सामाजिक उत्तरदायित्वप्रतिको उदाहरणीय प्रतिबद्धता प्रस्तुत गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...