संसदीय पत्रकार मञ्च गण्डकीकाे अध्यक्षमा बिसन क्षेत्री

पाेखरा, असार २९ गते । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा बिसन क्षेत्री निर्बाचित भएका छन।

आइतबार सम्पन्न संसदीय पत्रकार मंचको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले क्षेत्रीलाई अध्यक्षमा निर्बाचित गरेको हो। उनले आफ्ना प्रतिद्वन्दी रोहित पराजुलीलाई ४ मतले पराजित गरेका हुन। क्षेत्रीले २० मत पाउँदा पराजुलीले भने १६ मत मात्र प्राप्त गरे ।

 

समितिको उपाध्यक्षमा युबराज श्रेष्ठ र अनुप पौडेलको बिचमा प्रतिष्पर्धा भएकोमा अनुप पौडेल विजयी भएका छन। दुई जनाबीचको प्रतिष्पर्धामा पौडेलले २३ मत पाए भने श्रेष्ठले १३ मत मात्र प्राप्त गरेका थिए ।

 

यसैगरी कोषाध्यक्षमा फडिन्द्र अधिकारी र ऋषिराम बरालबीचको प्रतिष्पर्धामा ऋषिराम बराल २ मतले बिजयी भए । बरालले १९ मत पाएकोमा अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए।

 

समितको सचिबमा युनिश गुरूङ, सहसचिवमा उमा आले सहित कार्यसमितिका सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका छन ।

 

निर्बिरोध निर्बाचित कार्यसमितिको सदस्यहरुमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पाैडेल रहेको पत्रकार अमृत सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए । संसदीय पत्रकार मंचमा ३६ जना मतदाता रहेकोमा ३६ मत खसेको मंचका निबर्तमान अध्यक्ष भारत कोइरालाले जानकारी दिए ।

 

 

मंचको अधिबेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...