पोखरा । पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खड्काले जानकारी दिए
‘कोरोनाबाट मात्रै हो कि अरूबाट पनि हो बुझ्दै छौँ । कोरोना पोजेटिभ देखिएकी महिलाको हिजो मृत्यु भएको छ,’ उनले भने ।ती महिलालाई असार २५ गते जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।गण्डकी भर जनवरीदेखि अहिलेसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको महानिर्देशक खड्काले बताए । जसमध्ये कास्कीमा मात्रै ५ जना छन् ।