पोखरा, साउन ६ गते । तालवाराही मन्दिर कास्की जिल्लाको पोखरास्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेसा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्मावलम्बीको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँछन् ।

तालवाराही मन्दिरको सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटनमा निकै टेवा पुर्याएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँहरूको सूचीमा अग्रपङ्क्तिमा आउँछ, जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ ।
माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ ।कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर थियो ।