पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित न्यूरोडमा ‘डाइमण्ड ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ। बिर्तामोडमा प्रधान कार्यालय रहेको उक्त संस्थाले पोखरामा सोमबारदेखि आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको हो ।
सलुनसँगै प्रशिक्षण केन्द्रको रूपमा समेत सञ्चालनमा आएको यस संस्थाले महिलाहरूलाई सीपमूलक प्रशिक्षण दिई स्वरोजगार बनाउन सहयोग गर्ने लक्ष्य लिएको छ। सञ्चालकद्वय राकेश पुरी र ममता कार्की पुरीको लगानीमा सुरु गरिएको यस केन्द्रले दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीको अवसर समेत सिर्जना गर्ने विश्वास गरिएको छ ।
सञ्चालक ममता कार्की पुरीका अनुसार, सलुनमार्फत सेवा प्रदान गर्नुका साथै व्यावसायिक स्तरको सौन्दर्य प्रशिक्षण पनि उपलब्ध गराइनेछ । “हामीले महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रशिक्षणमार्फत साथ दिने प्रयास गरेका छौं,” उनले भनिन् ।
डाइमण्ड ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टरले आगामी दिनमा अन्य स्थानहरूमा समेत सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।