पाेखरा, साउन ७ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय हुँदा गणतन्त्रमाथि नै प्रहार हुनसक्ने भएकाले उनलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिएको बताउनुभएकाे छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले बुधबार आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उहाँले विद्या सक्रिय राजनीतिमा फर्कँदा उहाँ स्वयंको गरिमा घट्ने दावी समेत गर्नुभयाे ।
उहाँले गणतन्त्रको प्रतिक भएकाले राजनीतिमा आउन नहुने बताउदै एमाले केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेकाे बताउनुभयाे ।