पोखरा, साउन ८ गते ।पोखराको पश्चिमी भागमा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य सराङकोट पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ।
यहाँबाट देखिने मनाेरम दृश्यले सबैलाई आकर्षित गर्छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमालको साक्षात् दर्शन, सूर्योदयको अनुपम दृश्य, फेवा ताल र सम्पूर्ण पोखरा उपत्यकाको दृश्यावलोकन गर्ने अनुपम स्थलका रूपमा सराङकोटले पर्यटकहरूलाई आकर्षण गरिरहेको छ।
सराङकोट प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय गन्तव्य पनि हो। यहाँबाट हुने उडानले पर्यटकहरूलाई हिमशृङ्खला, फेवाताल र हरियाली जंगलमाथि चित्ताकर्षक दृश्यको अनुभव दिन्छ। यो साहसिक खेलले नेपालको पर्यटनमा छुट्टै पहिचान दिलाएको छ।
यसबाहेक, सराङकोट क्षेत्र भ्यू–टावर, पदयात्रा मार्गहरू, होटल तथा होमस्टे सुविधा, र स्थानिय संस्कृति अवलोकनको लागि पनि उपयुक्त मानिन्छ। स्थानीय तह र पर्यटन व्यवसायीको संयुक्त प्रयासमा क्षेत्रको पूर्वाधार विकास हुँदै गएको छ।
स्थानीय पर्यटन व्यवसायीहरूमार्फत आयोजित होमस्टे र गाउँले जीवनशैलीको अनुभवले यहाँ आएका पर्यटकलाई नेपालकै मौलिक संस्कृतिमा डुब्न मौका मिलिरहेको छ। सुरक्षित, रमणीय र स्वागतयोग्य गन्तव्यका रूपमा सराङकोटले अझ बढी पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ ।