पोखरा, साउन ८ गते । लागू औषध गाँजा सहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरी बर्ष २५ को प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको ग ६ प १६३० नं.को मोटर साइकलमा सवार जिल्ला गोरखा अजिरकोट गाउपालिका वडा नं.३ बस्ने गुरुङले बोकेको खैरो हरियो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।
२ के.जी ९०० ग्राम, मोबाईल थान १ र नगद रु १,००० समेत बरामद भएको र मोटरसाइकल सहित नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।