राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ, साउन ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...