बाटुलेचौर मैदानमा राष्ट्रिय श्रीकृष्णभजन प्रतियोगिता, प्रथमलाई १ लाख

पाेखरा, साउन २३ गते । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पोखरा १६, बाटुलेचौर मैदानमा २६ औं संस्करणको राष्ट्रिय श्रीकृष्णभजन प्रतियोगिता आयोजना हुने भएको छ

लोक-संस्कृति र साहित्यको उर्वरभूमि पोखरा १६, बाटुलेचौरमा रहेर राष्ट्रियस्यमै भाषा, कला साहित्य र संस्कृतिको जगेर्ना गर्दै आइरहेको शुक्ला साहित्य प्रतिष्ठानकाे आयाेजनामा साउन ३१ गते भजन प्रतियाेगिता हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।

 

प्रतियोगितामा प्रथमले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले २५ हजार र प्रत्येक सहभागि समूहलाई रू ५-५ हजारका दरले प्रोस्ताहन पुरस्कार प्रदान गरिने शुक्ला साहित्य प्र तिष्ठनका अध्यक्ष दुर्गादेवी बस्नेत गाैतमले जानकारी दिनुभयाे ।

 

२६ औं संस्करणको राष्ट्रिय श्रीकृष्णभजन प्रतियोगिता आयोजनाका लागि १६ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रचार प्रसार संयाेजक संजय थापाले जानकारी दिनुभयाे ।

 

लोक-संस्कृति र साहित्यको उर्वरभूमि पोखरा १६, बाटुलेचौरमा रहेर राष्ट्रियस्यमै भाषा, कला साहित्य र संस्कृतिको जगेर्ना गर्दै आइरहेको शुक्ला साहित्य प्रतिष्ठान, जनकविकेशरी धर्मराज थापाको अध्यक्षतामा २०४५ सालमा स्थापना भएको पुरानो साहित्यक संस्था मध्येको एक हो। यसले आफ्‌नो स्थापनाकालदेखिनै उपत्यका बाहिर रहेर साहित्य सेवा गर्दै आइरेको सहसचिव समेत रहेका थापाले बताउनुभयाे।

 

“कला साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य भन्ने” मूल नाराका साथ १५ सदस्यीय कार्यसमिति र २५० भन्दा बढी आजीवन सदस्य रहेको प्रतिष्ठानले, साहित्यका विविध विद्यालाई समेट्दै वार्षिक कार्ययोजना निर्माण गरी, साहित्यक गोष्ठी, कार्यशाला र सेमिनारहरू आयोजना गर्दै आइरहेको बताइएको छ ।

 

त्यस्तै संस्थाले विभिन्न साहित्यिक धरोहर एवं राष्ट्रिय व्यक्तिहरूको जीवन वृतान्त “समकालिन स्रष्ठा र सिर्जना” विशेष परिचर्चा कार्यक्रम संचालन गर्दै आइरहेकाे जनाएको छ। संस्थाले आफ्‌नो स्थापनाकालदेखि नै यस क्षेत्रका लेखक तथा साहित्यकारहरूका लेख रचना र कृति प्रकाशन गर्दै आइरहेको छ भने द्विवार्षिकरूपमा आफ्‌नो मूखपत्र “सेतीको लहर” नामक साहित्यिक पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।

 

नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धन समेत गर्दै आइरहेको छ। साहित्य सेवासँगै यस प्रतिष्ठानले विगत २६ वर्षदेखि हरेक वर्ष श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा पोखरा १६, बाटुलेचौरमा उल्लेख्य पुरस्कार सहित भव्य र सभ्यरूपमा राष्ट्रिय श्रीकृष्णभजन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । लोक सम्पदा र संस्कृतिको जगेर्ना गर्नसकेमात्र साहित्य र सुसंस्कृत समाजको विकास हुन्छ भन्ने उदेश्यकासाथ शुरू गरिएको राष्ट्रिय श्रीकृष्णभजन प्रतियोगितामा देशका विभिन्न स्थानबाट प्रतियोगी भजन समूहहरू आउने क्रम बढीरहेको छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गीता भट्टराई भण्डारी, सचिव रामप्रसाद पौडेल लगायतले बाेल्नु भएकाे थियाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...