पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा, २२ साउन । पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन् ।


एक दिवशीय तालिममा कुल १४५ जना सहभागी भएका छन् ।
तालिमको उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पर्यटक यातायात सेवालाई व्यवस्थित गराउनका लागि तालिम महत्वपूर्ण बन्ने बताउनुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सवारी चालक तथा सहचालकले गर्ने व्यवहारले यहाँ आउने पर्यटकमा प्रत्यक्ष प्रभाव पार्ने बताउँदै मिठो बोली र राम्रो व्यवहार हुनुपर्नेमा जोड दिनुुुभयो ।

 

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दाहालले पर्यटक यातायातमा कार्यरत कर्मचारीले गर्ने व्यवहारले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने कुरालाई दृष्टिगत गर्दै तालिम दिइएको बताउनुुभयो । संघले यस वर्ष बाग्लुुङ, पर्वत, म्याग्दी र मुस्ताङका व्यवसायी समेटेर क्षमता अभिबृद्धि तालिम गर्ने उहाँले जानकारी दिनुुभयो ।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटक सवारीका चालक तथा सहचालकले गर्ने व्यवहार, बोल्ने बोलीले आतिथ्यता झल्काउने बताउँदै राम्रो व्यवहारले सबैलाई फाइदा पुग्ने धारणा राख्नुुभयो ।

 

संघका गण्डकी प्रदेश अध्यक्ष दाहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले स्वागत गर्नुुभएको थियो भने सल्लाहकार बोबरजंग गुुरुङले तालिमका विषयवस्तु बारे प्रकाश पार्नुुभयो ।

 

कार्यक्रममा सासिला मोटर्सका प्रमुख सन्तोष खतिवडा, शुभ स्वाभिमान अटो मार्ट गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेल लगायतले बोल्नुुभएको थियो ।

 

सहभागीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका तर्फबाट राजकुुमार केसी, विद्युतीय सवारी साधनका सम्बन्धमा सासिला मोटर्सका प्रमुख सन्तोष खतिवडा, आथित्यता सम्बन्धमा तारागाउँ रिसोर्टका कार्यालय प्रमुख शिवराम ढकाल र इन्स्योरेन्स सम्बन्धमा नेपाल इन्स्योरेन्स गण्डकी प्रमुख राजेश श्रेष्ठ लगायतले तालिम दिनुुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...