एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराको आयोजनामा रक्तदान, ४५ युनिट रगत संकलन

पोखरा, साउन २३ गते । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेसन एण्डे भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जना पुरुष र १६ जना महिलासहित ४५ जनाले रक्तदान गरे ।


रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले पहिलो रक्तदाता मानव बुढा क्षेत्रीलाई व्लड व्याग हस्तान्तरण गरेर गर्नुभयाे ।

 

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका सली देवानको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्लेले स्वागत मन्तव्य तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका बिजनेस डेभलपमेन्ट हेड विष्णु गौतमले सञ्चालन गर्नुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...