पाेखराकाे राम मन्दिरमा रक्षासूत्र बाध्नेकाे भिड

पाेखरा, साउन २४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैबीच पाेखरामा प्रमुुख धार्मिक स्थलमा रक्षासुत्र बाध्नेहरुकाे भिड लागेकाे छ ।आज बिहानैदेखि पाेखराकाे विन्ध्यवासिनी मन्दिर, राम मन्दिर लगायतका मन्दिरमा जनै लगाउनेहरुकाे भिड लागेकाे छ ।

तस्बिरहरू एकराज गिरी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...