एकराज गिरी /पाेखरा,साउन २७ गते ।पाेखरामा डिजाइन फेसन वीक २०२५ हुने भएकाे छ ।बुटिक एशाेसिएसन नेपाल पाेखराकाे आयाेजनामा साउन २० गते साँझ ४ बजेपछि पाेखरा इभेन्ट सेन्टरमा वीक हुने आज पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे । पाेखरा र आसपासमा रहेका बुटिक व्यवसायीले तयार पारेका डिजाइनहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने याेजना सहित कार्यक्रम गर्न लागेको बताइएको छ ।
पाे
प्रख्यात र प्रतिभवान फेसन डिजाइनरहरु, माेडलहरु लगायत तीन सय जनाकाे सहभागीता रहने बुटिक एशाेसियसनका अध्यक्ष इन्दिरा लामिछानेले जानकारी दिनुभयो । डिजाइनरहरूको प्रस्तुति र न्याम्प वाक डिजाइनरहरुको सुजनात्मक कला, नयाँ कलेक्सन , विशेष अतिथि मोडलहरुसाथमा डिजाइनरहरुकाे र्याम्प वाक रहने छ ।
उद्देश्यहरु सिर्जनशीलता प्रदर्शन डिजाइनरहरूलाई आफनो नयां संग्रह ट्रेन्ड र कलात्मक दृष्टिकोण प्रस्तुत गर्ने मञ्च उपलध गराउने, फेशन उद्योगको प्रवर्द्धनः स्थानीय तथा अन्तराष्ट्रिय प्रतिभालाई उजागर गर्दै कपडा, परिधान र डिजाइन क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने, नेटवर्किड अवसर डिजाइनरहरूलाई खरिदको खुद्रा बिक्रेता, सञ्चार माध्यम, प्रभावशाली ब्यक्ति र लगानीकर्तासंग जाेडने, ट्रेन्ड निर्धारण – डिजाइनरहरूको ब्रान्डलाई नयां दर्शकसम्म पुऱ्याउने र पहिचान बढाउने उदेश्य रहेकाे अध्यक्ष लामिछानेले बताउनुभयाे ।
त्यस्तै विभिन्न मौसमका लागि नयां फैशन ट्रेन्ड प्रस्तुत गर्ने र लोकप्रिय बनाउने,कपडा र गहनाबाट सास्कृतिक सम्पदा परम्परा र नविन शैलीलाई सम्मानपूर्वक प्रस्तुत गर्ने, अर्डर, साझेदारी र सहकार्यका अवसर सृजना गर्ने उदेश्य रहेकाे छ ।
नेपाली फेसन उद्योगलाई अझ सशक्त बनाउन र विश्व बजारमा यसकाे पहिचान स्थापित गर्न कार्यक्रम एक महत्त्वपूर्ण मञ्च हुने विश्वास लिएको सचिव कमला गुरुङले बताउनुभयो ।कार्यक्रममा १५ जना फेसन डिजाइनहरु सहभागी हुने र कार्यक्रम सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङले बताउनुभयाे ।