नवलपुरमा बस पल्टिँदा १३ जना घाइते

मध्यविन्दु, साउन २९ गते । नवलपुरको कावासोती आठस्थित पूर्व पश्चिम राजमार्गको खरकट्टा जंगलमा बस अनियन्त्रित भएर बिच सडकमै पल्टिँदा १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नं। को बस तीब्र गतिका कारण अनियन्त्रित भएर बिच सडकमै पल्टिएको हो ।

 

बसमा करिव २५ जना सवार रहेको र दुर्घटनामा परेर १३ जना घाइते भएको सूचना अधिकारी नेपालले जनाएको छ । घाइतेहरुलाई भरतपुर र कावासोतीका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

 

घाइतेहरुमध्ये देवचुली नगरपालिका १४ प्रगतिनगर निवासी ६५ वर्षीय महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका २१ निवासी ७० वर्षीय पुरुष दिपबहादुर भट्टराइको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।त्यसैगरी ७ जनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...