महिला उद्यमी संघ नेपाल गण्डकीमा पार्वती

पोखरा । महिला उद्यमी संघ नेपाल गण्डकी प्रदेश अध्यक्षमा पार्वती पौडेल रेग्मी चुनिएकी छन् ।


सोमबार पोखरामा भएको भेलाले कार्यसमिति उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रीता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पूनम) लाई सर्वसम्मत चयन गरेको हो ।

 

सदस्यमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोइराला, सुकुन रसाइली विक र विनिता अधिकारी चयन भए ।त्यसअघि, भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि महिला उद्यमी महासंघसँग मिलेर काम गर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको नीति लिएको स्पष्ट पारे ।

महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी महासंघले महिला उद्यमशीलता विकाससँगै महिलाको क्षमता अभिवृद्धि, सीप विकास तालिम आयोजनादेखि उत्पादित वस्तुको बजारीकरणसम्म काम गर्दै आएको बताइन् ।

वर्षमा एकपटक अन्तर्राष्ट्रिय महिला उद्योग व्यापार मेला आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको बजारीकरणमा सघाउने गरेको उनले बताइन् ।नवनिर्वाचित अध्यक्ष रेग्मीले महिला उद्यमशीलता विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...