जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन  आग्रह  

पोखरा ,साउन ४/जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो।

पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गर्नुभयो।

 

पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शी र प्रभाबकारी दिगो बिकासमा लाग्न अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा पोखरा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य ,अन्नपूर्ण गाउँपालिकाका उप प्रमुख चन्द्रकला अधिकारी , कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, गैर सरकारी संस्था महासंघ कास्कीका सचिब केशु भुजेल सहितले आ -आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

 

कास्कीस्थित पाँचवटा पालिकाका प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहभागी कार्यक्रममा सबै पालिकाहरूले आफ्नो पालिकामा भएका बिकास निर्माण र गतिविधि सहितको असल अभ्यास प्रस्तुति गरेका थिए।

 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...