पाल्पाली चेलीहरुको भेटघाट तथा शुभकामना

पोखरा, भदौ ।हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे ।

समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । बानियाँ समाजका हरेक गतिविधिमा निकै सक्रिय रहँदै आएको समाजका सचिव पदम पोखरेलले बताए ।

 

यस्तै, पोखरा २२ का जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटा, सिटिजन फर्निचरका संचालक दीपक कार्की, समाजका सल्लाहकार संयोजक खेम सारु, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

स्वागत कार्यक्रम संयोजक एवं समाजका सहसचिव किरण पाण्डे र संचालन सचिव पदम पोखरेलले गरे । पाल्पाली चेलीहरुलाई तीज अवसरमा पाल्पाली परिकारसहित तीजको दर समेत खुवाइएको थियो ।

 

तीजमा सामूहिकरुपमा भेला गराएर तीजको दरखाने कार्यक्रमको सुरुवात पोखरामा पहिलोपल्ट पाल्पाली समाजले गरेको पूर्वअध्यक्ष एवं पाल्पाली सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठ स्मरण गर्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...