बागलुङ, भदौ ९ गते ।नेकपा एमाले बागलुङले आसन्न एमालेको विधान महाधिवेशनका लागि सुझाव संकलन गरेको छ । १५० जना नेता कार्यकर्ता सहभागी बैठकमा ५० जनाले विधना महाधिवेशनको विषयमा सुझाव पेश गरेका थिए । उनिहरुले पार्टीको स्थायीत्व, संविधानको रक्षा लगायतका विषयमा विधान महाधिवेशन केन्द्रित हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले स्थायी नीतिमा स्थायी नेतृत्व भएमा मात्रै देशमा विकासले गति लिने बताउनुभएको छ ।
उहाँले छिटो—छिटो फेरिने संविधान र नेतृत्वले देशलाई सहित ढंगले अघि नलाने बताउनुभएको छ ।
नेकपा एमाले बागलुङ जिल्लाले आयोजना गरेको विधान महाधिवेशन सुझाव संकलन कार्यक्रममा बोल्दै नेता गुरुङले माक्सवाद र लेलिनवादमा जस्तै नीति र विधिमा स्थायीत्व भएमा मात्रै देश समृद्ध हुँने बताउनुभएको छ ।
“नीतिमा स्थायीत्य र विधिमा स्थायीत्व भएमा नेतृत्वमा स्थायीत्व हुन्छ, नेतृत्वमा स्थायीत्व भएमा राजनीतिक स्थायीत्व हुन्छ र राजनैतिक स्थायीत्व भएमा देश समृद्ध बन्छ” गुरुङले भन्नुभयो “त्यसैले नीति र विधि छिटो—छिटो परिवर्तत गरिरहने र शंसोधन गरिरहने विषय राम्रो होइन ।”
राजनीतिक स्थायीत्व बिना मुलकुले स्थायीत्व प्राप्त गर्न सक्दैन र देश अघि बढ्दैन भन्दै गुरुङले नेपालमा राजनैतिक अस्थिरताका कारण विकास कमजोर भएकाले नेतृत्व स्थायीत्व गराउनका लागि जनता जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।
विधान महाधिवेशमा धेरै छेडछाड नहुँने बताउदै स्थायीत्वका लागि मात्रै विधान महाधिवेशन केन्द्रित रहने उहाँले बताउनुभयो । अमेरिका र भारतको जस्तो स्थायी संविधान बनाउन सकेमा मात्रै देशले फड्को मार्ने बताउनुभयो । लहै—लहैको आधारमा संविधान र विधिको विषयमा प्रश्न गर्न नहुने भन्दै गम्भिर अध्ययन र त्यसका प्रभावका विषयमा अध्ययन गरेर मात्रै बोल्नुपर्ने बताउनुभयो ।
व्यवस्थापिका संसदको काम कानुन बनाउने भएपनि राजनीतिक संस्कार बिग्रेर बाटोघाटो केन्द्रित भएको बताउदै सचेत व्यक्तिले कानून निर्माणमा सुझाव दिन आवश्यक रहेको बताउनुभयो ।
एमालेको नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे शर्तलाई संसोधन गरेर प्राकृतिक छनौटको आधारमा नेतृत्व चयन गनुपर्नेमा विधान महाधिवेशन केन्द्रित रहने बताउनुभयो । उमेरका हिसाबले नेतृत्व छनोट गर्ने कुरा नमिल्ने बताउदै एमालेले उमेर हदलाई फेर्ने बताउनुभयो । कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा एमाले जिल्ला इन्चार्ज मन कुमारी केसीले एमालेलाई थप शसक्त पार्टीको रुपमा राख्न जनताको सुझाव लिन थालिएको बताउनुभयो । कार्यक्रम नेकपा एमाले हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुषालको स्वागत तथा उपसचिव धन बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।