कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा, भदौ १८ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् ।
अध्यक्ष चयन भएपछि थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी स्तर उन्नतिका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए । विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पु¥याउने कार्ययोजना आफूसँग रहेको बताए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...