पोखरा, भदौ । महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखाले पोखराको नदीपुरस्थित नारायणस्थानमा विभिन्न अनुष्ठान गर्ने भएको छ ।
गत असार २२ गते देखि पोखरा महानगरपालिका, वडा नं. ३ नदीपुरमा चर्तुमास यज्ञ अनुष्ठानको साथमा हिमालय सिद्ध महायोग ध्यान साधना सञ्चालन गर्दै आएको प्रतिष्ठानले यो सँगै अन्य विभिन्न अनुुष्ठानहरू गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अनन्तश्री विभूषित श्रीमज्जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको प्रत्यक्ष उपस्थितिमा जारी साधना अन्र्तगत हरेक दिन बिहान ६.०० बजे देखि ८ बजेसम्म सिद्धमहायोग ध्यान साधना भैरहेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुुभयो ।
त्यस्तै दिनभर नवग्रह शान्ति, नाडी जाँच, आर्युवेदिक उपचारको साथै नवग्रह शान्नि तथा रुद्रीपुजा एवम् हरेक दिनको अपरान्ह ४ बजे देखि ६ बजेसम्म सत्संग लगायतका कार्यक्रम भैरहेको उहाँले जानकारी दिनुुभयो । चर्तुमास यज्ञ अनुष्ठान अन्र्तगत श्रोह्र श्राद्धमा पित्री यज्ञ, दशैंको अवसरमा नवदुर्गा यज्ञ र दिपावलीको अवसरमा श्रीलक्ष्मी यज्ञ अनुष्ठान गर्ने तयारी गरिएको छ रहेको र एकै ठाँउमा तीनै वटा महत्वपुर्ण यज्ञहरु विरलै हुने गरेको आयोजकको भनाइ छ ।
पत्रकार भेटघाट कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईले भौतिक विकाससँगै मानिसमा ह्रास हुँदै गई रहेको आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्मयोगी व्यवहारको कारण समाजमा दिगो शान्ति स्थापित हुन नसकेको भन्दै म को हुँ? र किन? भन्ने तत्ववोधको अभावमा चाहना र अपेक्षासंगै मानिसहरु भौतारिएको कारण मनमा शान्ति र तनमा सुख वोध हुन नसकेको बताउनुुभयो ।
यसै परिवेशमा समाजको हरेक सदस्यमा आफ्नो आत्मवोध गराउँदै आध्यात्मिक ज्ञानको माध्यमवाट सोच र आचरणमा शुद्धता, योगको माध्यमवाट शारिरिक तन्दुरुष्टि र संयोजित विकासको माध्यमवाट भौतिक आवश्यकताको परिपुर्तिको महान राष्ट्रिय अभियान लिएर अनन्तश्री विभूषित श्रीमज्जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा विगत दुई दशक देखि नेपाल र नेपालीको बीचमा रहनुभएको उहाँले बताउनुुभयो ।
पुण्यभूमि पोखरालाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरी मुक्तिनाथदेखि देवघाटसम्मका सवै पवित्र धार्मिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै यस क्षेत्रको साथै देशकै राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने संकल्प रहेको उहाँले बताउनुुभयो ।
पोखरामा २०७२ सालमा विना अक्सिजन नौ÷नौ दिनसम्म वन्द वाकस भित्र संयौ वोरा माटोले पुरिएर समाधी ग्रहण गरी विज्ञानलाई चुनौती दिंदै आध्यात्मिक शक्तिलाई प्रमाणित गरिसक्नु भएका सिद्ध पुरुषको पावन संकल्पमा हिमालयन सिद्धमहायोग ध्यान–साधना र शक्तिपात महादिक्षाको साथमा कुण्डलिनीशक्ति जागरण नै रोग–कष्ट निवारण, भगवानको परम मंगलमय नाम, अजपा, जप र अनहद नाद श्रवणद्वारा दिव्य भक्तिको प्रत्यक्ष अनुभव र ब्रह्मानन्दको रसास्वादन गराउने एउटै उपाय भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सोह्र श्राद्धको अवसरमा यहि भाद्र २२ गते देखि असोज ५ गतेसम्म पितृ यज्ञ हुने र सो यज्ञमा बराहक्षेत्रका पुजारी श्री पण्डित योगेश भण्डारीबाट गरुड पुराणको पाठ, बराह पुराण तथा भानुभक्त रामायणको प्रवचन हुने नारायणस्थान धार्मिक क्षेत्र विकास समिति ,नारायणस्थानका अध्यक्ष महेश पराजुलीले जानकारी दिनुुभयो ।
कार्यक्रम अनुसार हिन्दूहरूको महान चाड दशैं अर्थात नवरात्र महापर्वका अवसरमा असोज ६ गते देखि १५ गतेसम्म सहस्र चण्डी महायज्ञको आयोजना हुनेछ । जस अन्र्तगत नियमित साधनाको साथमा बिहान ९.०० बजे देखि दिनको १२ बजेसम्म सहस्रचण्डी महायज्ञ सञ्चालन हुनेछ । यस यज्ञवाट कर्ताहरुको साथै समग्र समाजमा जगत्जननी दुर्गा भवानीको असीम कृप्रा प्राप्त हुने आयोजकको भनाई छ ।
त्यस्तै पितृयज्ञ र सहस्रचण्डी महायज्ञ सम्पन्न भएपछि दीपावली र लक्ष्मीपूजाको पावन अवसरमा धन, ऐश्वर्य र समृद्धि प्राप्तिका लागि आगामी असोज ३१ गते देखि कार्तिक ४ गतेसम्म श्रीविद्या एवम् श्रीमहालक्ष्मी महायज्ञ आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुुभयो ।
बिहानको नियमित साधना पश्चात ९ः०० बजे देखि १२ः०० बजेसम्म यो अनुष्ठान सञ्चालन हुनेछ भने यज्ञसँगै अपरान्ह ४ः० बजे देखि ६ः० बजेसम्म सत्संग गरिनेछ ।
गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीजीको दिव्य कृपा एकैसाथ प्राप्त गर्ने यस्तो अवसर जीवनमा बारम्बार नआउने भन्दै पत्रकार सम्मेलनमा आफ्नो नाम कर्ताको रूपमा दर्ता गरी यस महायज्ञ–अनुष्ठानमा सहभागी भई पुण्यलाभ लिन सबैमा अनुरोध गरिएको छ ।