मौन शान्ति र्यालीको आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा, २९ भदौ । पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो ।

 

 

बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति ¥याली मौन प्रकृतिको हुने छ ।

 

‘ आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...