पाेखरा, भदौ ३० गते ।जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका पाेखरा महानगरपालिका वडा कार्यालयहरु सरसफाइमा जुटेका छन् । वडाभित्र रहेका टाेलविकास संस्था, विभिन्न संघसंस्था र स्थानीयहरु नागरिकको सहयाेगमा आन्दोलनबाट क्षति भएका वडा कार्यालय सरसफाइसंगै पुनर्निर्माणकाे काम सुरु भएकाे हाे ।
पोखरा– १, ५, ८, १५, १७ र २० नम्बर वडा कार्यालय सोमबार सरसफाइ गरिएकाे हाे । पोखरा महानगरमा जेन–जी आन्दोलनका क्रममा महानगरको कार्यालयसहित अधिकांश सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।
कर्मचारी र स्थानीय तोडफोड र आगजनीबाट कार्यालयमा सरसफाइमा जुटेका हुन् । पोखरा महानगरपालिकाले असाेज १ गतेबाट नागरिकलाई सेवा दिने तयारी गरेकाे छ । पाेखरा महानगरले क्षति नभएका कार्यालयहरु पाेखरा सभागृह, दमकल रहेकाे स्थान, सिजनाचाेकमा रहेकाे सामाजिक र डयामसाइडमा रहेकाे शिक्षा महाशाखाबाट सेवा दिने तयारी गरेकाे हाे ।
पाेखरा ५ ले पुरानाे वडा कार्यालयबाट सेवा दिने भएकाे छ ।नयाँ कार्यालय भवन आन्दोलनमा आगलागी भएपछि पूर्णरुपमा जलेकाे र त्यसलाई पूननिर्माण गरेपछि मात्रै सेवा सुरु गरिने र हाललाई पुरानै कार्यालय बाट सेवा प्रवाह गरिने वडा अध्यक्ष विष्णुप्रसाद वरालले जानकारी दिए । उनले आन्दोलनका कारण रगत अभाव देखिएकाले असाेज १ गते विहान रक्तदान कार्यक्रम गर्न बताए ।
त्यस्तै अन्य वडा कार्यालयले पनि आगलागी भएका कार्यालयहरुलाई सरसफाइ गरेर सेवा दिने भएका हुन । पाेखरा १७ का वडा अध्यक्ष राधिका शाही याेगिले वडा कार्यालय सरसफाइ गरिएको बताउदै नागरिकलाई असाेज १ गते सेवा प्रवाह गरिने बताइन ।
सेवाग्राहीको असुविधा कम गर्न प्रमुख शर्माले तत्काल सवारी साधनको विलबुक नवीकरण र जाँचपासजस्ता सेवा लिनुपर्ने उपभोक्तालाई नजिकैका डुम्रे र बागलुङस्थित यातायात व्यवस्था कार्यालय जान आग्रह गरेका छन् ।