पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिको ४१ औं पूर्ण बैठक सम्पन्न भएको छ।बैठकमा जवाफदेहीता,पारदर्शिता र भ्रष्टाचारमा शू न्य सहनशीलताको एजेन्डा सहित उर्जा र उत्साहपूर्वक शुरु भएको Gen- Z आन्दोलनको दर्बियानमा मृत्युवराण हुन पुगेका जेन्जी युवाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली सहित बैठक शुरु भयो।
राजनीतिक दलहरुभित्रको आन्तरिक एकता सुदृढ हुन नसक्दा देशीविदेशी प्रतिक्रियावादी तत्वहरुको ग्राइनदिजाइनमा नेपालको राष्ट्रिय स्वाभिमान,अखण्डता र राष्ट्रियता माथि दिनदिनै खतरा बढेको बिषयमा लेखा समितिका सदस्यहरु रामजी पौडेल ,बिष्णुमणी बराल,बलराम पौडेल र दुर्गा थापाले आफ्ना भनाइहरु व्यक्त गर्नुभयो।
सिहदरबार,पोखरा लगायत मुलुकका सबै सार्वजनिक सम्पत्ति ,नीजी र ऎतिहासिक भवनहरुमाथि मानवीय सभ्यताको बर्बर उल्टो,सामान्य मानवीयता समेत गुमाएर आततायी र आतङ्ककारी र अबान्छित ढङ्गले घुसपैठ सहित गरिएको आगजनी ,तोडफोड र तहसनहस# तुल्याई देशको अरबौ क्षति पुर्याउने घटना प्रति खेद प्रकट गर्दै आगजनी ,तोडफोड र चोरीमा संलग्न राजनीतिक आग्रह ,पूर्वाग्रह ,रिस,द्वेष ,ईर्स्याले लैस पपेट जस्तै अपराधिक मानसिकताले ग्रस्तहरुको छानबिन गरी दोषीलाई तथ्य र कारणका आधारमा हदैसम्मको कार्बाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।
पोखरा महानगरपालिकाको मुख्य कार्यालय सहित क्षतिग्रस्त सेवा र खर्च केन्द्रहरु मितब्ययी र पारदर्शी ढङ्गले सकेसम्म मर्मत सम्भार गरी सेवा सुचारु गर्न ,अभिलेखहरु र क्षतिग्रस्त नीजी र कार्यालयका दुई पाङ्ग्रे र चार पाङ्रे सवारी साधनहरुको उपयुक्त र संग्रहरणीय ब्यवस्थापन गरी आगामी पुस्ताको पाठशालाको रूपमा राख्न सुझाव दिएको छ। कार्यालयका साधन सहित कार्यालयमा रहेका सामाग्रीहरुको चुस्तद्रुस्त र भरपर्दो रेकर्ड पुनः तयार गर्न महानगर प्रशासनलाई सुझाएको छ।
कार्यालय सन्चालनका लागि आवश्यक पर्ने कार्यालयीय सामाग्री तथा साधनहरु आवश्यकता ,औचित्यता र महानगरको प्रतिकुल आर्थिक अवस्थालाई ख्याल् गरी मात्र खरिद गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सुझाएको छ।
त्यस्तै ठूल्ठूला धार्मिक -सास्कृतिक पर्वहरु ज्यादै सम्मुखमा भएको हुनाले अविलम्ब सामाजिक सुरक्षा भत्ता बितरणलाई सहज तुल्याउन महानगरलाई सुझाएको छ। पोखरा महानगरपालिकामा भाद्र २३ र २४ गते सड्ढलन भएको शिर्षकगत राजस्व र त्यसको बैकिङ्ग एवं सार्वजनिक लेखा समितिका अघिल्ला बैठकले गरेका सुझाव र निर्णयहरुको कार्यान्वयनको बारेमा समेत सार्वजनिक लेखा समितिको बैठकले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सङ्ग चासो व्यक्त गरेको छ।
सार्वजनिक लेखा समितिका सदस्य बलराम पौडेलको आश्विन ०९ गतेबाट हुन लागेको एक महिने पारिवारिक अमेरिका यात्रा सुखद र स्वस्थप्रद रहोस् एवं सबै पोख्रेली जनसमुदायलाई दशैको शुभकामना समेत दिने निर्णय भएको बैठकको अध्यक्षता संतोजक झपट रानाभाट र सन्चालन बरीष्ठ आलेप अधिकृत रोमनाथ उपाध्यायले गर्नुभएको थियो।