
मासिक उपहार विजेता घोषणा
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा सञ्चालित ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तर्गत पहिलो मासिक विजेताहरु छानिएका छन् । एसोसिएसनको कार्यालयमा आईतबार एसोसिएसनको कार्य समितिले मासिक उपहार विजेता सार्वजनिक गरेको हो । मासिक विशेष उपहारअन्तर्गत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्बरमा ५२७०६,५३६६६,५७०६०,६३६२३ रहेका छन् ।
व्यावसायिक प्रतिष्ठानमाथि भएको क्षति तथा आन्दोलनका क्रममा ज्यान गुमाउने प्रति दुःख व्यक्त
यस्तै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनुहुने प्रति दुःख ब्यक्त गर्दे पोखरामा भएका व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र संयमित हुन उद्योगी व्यवसायीहरुमा आग्रह पनि गरेका छन् ।