अबदेखि कुनै पनि राजकीय पदको दाबी गर्दिन :एमाले नेता अधिकारी

पाेखरा,असाेज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव गन्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अबदेखि कुनै पनि राजकीय पदको दाबी नगर्ने घोषणा गरेका छन् ।

नेकपा एमाले पाेखरा महानगरपालिका कमिटीेले आज आयाेजना गरेकाे कार्यकर्ता भेलामा बाेल्दै उनले ‘राजकीय जिम्मेवारीमा अप्ठेरो बेलामा काँध थाप्न तयार छु । सजिलो बेलामा राजकीय जिम्मेवारी मैले पाउनुपर्छ भनेर म कहिले पनि गर्दिन घोषणा गर्न चाहन्छु,’ अधिकारीले भने ।

 

उनले आफू पार्टी सदस्यता सुरुमा दिने बेलाको पार्टी सचिव भएकोले सबै कार्यकर्ताले आफूलाई माया गर्ने र कोही पनि पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले पार्टीभित्र आफ्नो कुनै समूह बनाउन नलाग्ने संकेत गरे । अधिकारीले भने, ‘राजनीतिक बाहेक, वैचारिक प्रशिक्षण बाहेक, सांगठनिक काममा जिल्ला अधिवेशन, वडा अधिवेशन, महानगर अधिवेशनहरूमा तपाईंले खगराजको नाम कसैले लिन्छ भने त्यो कुरा आजैदेखि अन्त्य भएको घोषणा गर्न चाहन्छु,’ उनले भने।

 

पार्टीमा रहेका गुनासो मात्र गर्नेहरूलाई ‘डिप स्टेट’ को मतियार नबन्न पनि उनले आग्रह गरे । ‘हाम्रा शैली सचिनु पर्‍यो, हाम्रो सक्रियता, हाम्रो जीवनशैली सचिनु पर्‍यो, सुध्रिनु पर्‍यो ठिक हो । तर नेतृत्व केपी ओलीलाई बाहिर फालेर चाहेको त्यही डिप स्टेट होल्डरहरुले,’ उनले भने ।

 

अधिकारीले पार्टीलाई सुदृढ गर्नका लागि आफूले जस्तोसुकै निर्णय शिरोधार्य गर्ने प्रतिबद्धता जनाए । ‘अब तीनवटा प्रतिनिधिसभा, चारवटा प्रदेशसभा जो जितियो, त्यो तहको भन्दा बढी विजयश्री हासिल गर्ने पार्टी बुझाउन अब आका साथीहरुलाई बुझाउन मैले के गर्नु पर्ने हो, त्यो कुरा सामु गरेको निर्णय शिरोले गर्ने कुरा पनि म तपाईंलाई बताउन चाहन्छु,’ उनले भने । उनले देशलाई धुजाधुजा पार्न खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै एमालेका कार्यकर्ताहरू यस्ता षड्यन्त्रको मतियार बन्न नहुनेमा जोड दिए ।

 

पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफल गर्न एमाले पोखरा नगर कमिटीले कार्यकर्ताहरुको भेला आयोजना गरेको थियो । त्यहाँ विभिन्न कार्यकर्ताहरुले आआफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...