जेनजी आन्दोलनमा जलेका गाडी मर्मत गरी नयाँ बनाइदिन्छाै: गन्डकी अटाे मेकानिकल एशोसिएसन

पोखरा । पोखरामा जेन जि आन्दोलनका क्रममा तोडफोड र आगजनीमा भएका सरकारी तथा निजी सवारीसाधनको पुनः निर्माण गर्न गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनलाइ दिन आग्रह गरेकाे छ ।

एशोसिएसनले जलेका गाडीहरुलाई सहुलियत मूल्यमा मर्मत गरी नयाँजस्तै बनाउन सकिने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख रुद्रादेवी अधिकारीलाइ ज्ञापनपत्र बुझाएको छ ।

एशोसिएसनका अध्यक्षविष्णुप्रसाद अधिकारीले पोखराभित्रका जलेका ३ सय देखि ४५० सवारीसाधनहरू पुनः निर्माण गर्न सकिने अवस्थामा रहेको बताए । उनले भने, ‘हामीले जिम्मेवारी पायौँ भने यी गाडीहरू पहिलेकै अवस्थामा ल्याउन सक्छौँ । इन्जिनियर हायर गरेर, आफ्नै सीप र दक्षता प्रयोग गरेर गाडीलाई नयाँ बनाउन सक्छौं, यी गाडी खरिद गर्दा ठूलो रकम बाहिर जाने र राज्यलाइ ठूलोभार समेत पर्छ हामी कम खर्चमा नयाँ जस्तै बन्ने छ।’

तोडफोड भएका र जलेका गाडी नयाँ गाडीको मूल्यको १० देखि ३० प्रतिशत खर्चमा पुनः निर्माण गर्न सकिने उनले बताए। पुन निर्माणबाट काम बन्ने भएपछि नयाँ गाडी खरिद गर्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।

 

‘फलाम डढ्दैन, ग्यारेन्टीसहित गाडी मर्मत गर्न हामी तयार छौँ । रोजगारीका अवसर पनि सृजना हुने र ठूलो मात्रामा पैसा नेपाल बाहिर जानबाट जोगिनेछ । यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गरी देशको स्रोत र सीपको उपयोग गर्नुपर्छ,’ अधिकारीले बताए ।

 

जिल्ला प्रमुख अधिकारीले अधिकारीे एशोसिएसनले ल्याएको विषय सकारात्मक रहेकाे बताउँदै  छलफल गर्ने   बताइन् । एशाेसिएसका महासचिव विजेन्द्र चाैधरीले जलेका गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्दा ठूलो धनराशी वाहिर जाने भएकाले आफ्नो आफ्नो क्षेत्रबाट सबैले सहयाेग गरि विकासमा लाग्नुपर्ने भएकाले सहयाेग गर्न तयार रहेकाे बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...