पाेखरा, असाेज २६ गते ।जेनजी आन्दोलनमा ताेडफाेड र आगजनीमा संलग्नलाइ कारबाहीकाे माग गर्दै नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थीयुनियन(अनेरास्ववियु) कास्कीले संयुक्त रुपामा ज्ञापनपत्र बुझाएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल र राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष उमेश गुरुङले बुझाएका हुन । यहि भाद्र २३ र २४ गते देशभर भएकाे जेनजी आन्दोलनको क्रममा कास्कीका सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति ताेडफाेड र आगजनी भएकाे थियाे।
युवा संघ र अनेरास्ववियुले आगलागी तोडफोड र लुटपाट सम्पत्ति र जनसुरक्षा माथि गम्भीर चुनौती उत्पन्न गरेको भन्दै दाेषी लागि कारबाहीकाे माग गरेका छन्। उक्त आन्दोलनको क्रममा सिंहदरबार सर्वोच्च अदालत संसद कार्यालयहरु, राजनीतिक दलका कार्यालयहरु, व्यवसायिक प्रतिष्ठानहरु निजी आवास र सार्वजानिक पूर्वाधारहरुमा भवन, राष्ट्रपति भवन लगायत एतिहासिक धरोहर र प्रशासनिक भवनहरु जलाउने, कास्की जिल्ला लगायत देशभरिका जिल्लाहरुमा अवस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत अदालत प्रहरी कार्यालय, प्रहरीका बर्दी इतिहास र संवेदनशील सरकारी सामाग्रीहरु समेत लुटपाट भएको बताए छ ।
उनीहरुले मुलुकको आन्तरिक सुरक्षामा थप जोखिम निम्ताएको बताउदै प्रहरीका साथै आन्दोलनको क्रममा विभिन्न कारागारहरुबाट फरार कैदीहरुले अहिले देशका विभिन्न स्थानहरुमा अपराधिक खतरा उच्च रहेको दावी गरेका छन्। यस्ता किमिसका गतिविधिले अन्तराष्ट्रिय स्तरमा समेत नेपालको छविमा नकारात्मक प्रभाव पारेको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पाेखरेलले बताए ।
सार्वजनिक सेवा. प्रशासन. शिक्षा प्रणाली अवरुद्ध बनेको र यी सबै गतिबिधिहरु योजनाबद्ध अराजक तत्त्वहरू गरेको दावी उनीहरुले गरेका छन् । यस्ता किसिमका गतिविधिहरुले हाम्रो लोकतान्त्रिक प्रणाली सामाजिक सदभाव र एकतालाई गम्बिर क्षेति पुर्याएकाे पुष्टि भएको छ । जसले राजनीतिक आन्दोलनको आवरणमा हिंसा, अपराध र राष्ट्रीय अस्थिरता फैलाउने प्रयास भएको हाे ।
अपराधमा संगलनलाई कडा भन्दा कडा कारवाहीका लागि जोडदार माग गर्दछौ उनीहरुले भने यस्ता अपराधीहरुलाई छोड्नु भनेको सरकारको कमजोरी प्रमाणित गर्नु हो । न्याय, शान्ति र कानुनि शासनको सिद्धान्तलाई अपमानित गर्नु हो । जुन देशमा अपराधीलाई संरक्षण दिइन्छ त्यहा निदर्दोष नागरिक सधै त्रासमा बाच्न बाध्य हुन्छन र अपराधको जरो बलियो बन्छ ।
हामी लोकतान्त्रिक मुल्य, शान्तिपूर्ण आन्दोलन र कानूनी शासनमा विश्वास राख्दछौ । हिंसा, तोडफोड, आगजानी, लुटपाटले देश र समाजलाई त्रासपूर्ण र कमजोर बनाई नागरिकलाई शान्ति सुरक्षा र अमनचयन कायम हुन सक्दैन । त्यसैले तोडफोड, आगजानी, लुटपाटमा संगलनहरुलाई यथासिघ्र पक्राउ गरि कानुनी दायारामा ल्याउनको लागि अनेरास्ववियु जिल्ला कमिटी कास्की र राष्ट्रिय युवा संघ कास्की जोडदार माग गर्दछौ अन्यथा नागरिकको शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नको लागि सशक्त आन्दोलनमा उत्रिने जानकारी गराउदछौ अध्यक्ष पाेखरेलले भने ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय टह र सराेकारवाला सबैलाइ खवरदारी गर्न आग्रह गरिन । उहाँहरुले गरेका सकरात्मक विषयमा सहयाेग रहने बताइन ।