पोखरा । अनेरास्ववियु कास्कीले मणिपाल शिक्षण अस्पतालमा भैरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विगत केहि दिन देखि मणिपाल शिक्षण अस्पतालमा नर्सिङ विभागमा कार्यरत कर्मचारीहरुले आफ्ना मागहरु राखी भएको बिरोध कार्यक्रम प्रति अनेरास्ववियु जिल्ला कमिटी कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । अनेरास्ववियु कास्कीले आन्दोलनरत कर्मचारीकाे माग वार्ता र सम्वाद मार्फत सम्बोधन गर्न आग्रह गर्दै मणिपाल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
कर्मचारीहरुले आफ्ना मागहरु राखी भएको बिरोध कार्यक्रम प्रति अनेरास्ववियु जिल्ला कमिटी कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ अध्यक्ष सन्तोष पाेखरेलले भने नर्सहरु अस्पताल सेवा प्रणालीको मेरुदण्ड हुन् । त्यसैले वार्ताबाट जायज मागहरु पुरा गर्न अस्पताल प्रशासनसँग आग्रह गर्दछौ।
त्यस्तै हालै अस्पताल प्रशासनले नयाँ कर्मचारीकाे माग गरेको विषयले कर्मचारीहरुमा अझ ठुलो असुरक्षा र रोजगारी गुम्ने भय उत्पन्न गरेको बताउँदै यसले अस्पताल भित्र कार्यरत नर्सहरुको मनोबलमा नकरात्मक असर पार्दै आन्दोलनलाई जटिल बनाइरहेको अनेरास्ववियुले बताएकाे छ।
उनीहरुको मनोबल, सन्तुष्टि र व्यवसायिक सुरक्षाको सुनिश्चितता नै गुणस्तरीय स्वास्थ्य सेवाको एक महत्वपूर्ण आधार हो अध्यक्ष पाेखरेलले भने । ‘वर्तमान परिस्थितिले अस्पतालको सेवा प्रवाहमा अत्यन्त असर पर्ने हुदाँ व्यवस्थापनले यस विषयलाई उच्च प्राथमिकतामा राखी नर्सहरुको पेशागत हकहितको सुरक्षा गर्दै नेपाल सरकारको स्वास्थ्य सेवा ऐनले जारि गरेको अनुसार पेशागत सुरक्षाको ग्यारेन्टी सहित वार्ता र संवादको माध्यमबाट उचित समाधान गर्नका निमित्त जोडदार माग गर्दछौ।’
यता मणिपाल प्रशासनले नर्सहरुले राखेका दश बुँदे माग मध्ये नाैवटा पुरा भएकाे दावी गर्दै एउटा माग पुरा गर्न नसकिने जवाफ दिएकाे छ । मणिपाल अस्पतालका संचालक नारायण पाैडेलले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ताेके अनुसारकाे तलव दिन नसकिने बताए। पाेखराकाे अस्पतालले दिएकाे भन्दा कम छैन तर अहिले सरकारी स्केलकाे तलव दिन सकिन्न ।नर्सहरुले सरकारले ताकेकाे तलव स्केल ३४ हजार रुपैयाँ माग गरेका छन् तर अस्पताल प्रशासनले २८ हजार बनाउन तयार भएको छ।