लेखापढी कानुन व्यवसायीद्वारा मालपोत कार्यालय कास्कीलाइ १४ लाखकाे सामग्री हस्तान्तरण

एकराज गिरी/पाेखरा, असाेज २८ गते ।जेनजी आन्दोलनमा आगजनी गरिएको मालपाेत कार्यालय कास्कीकाे सेवा अझै सुरु हुन सकेको छैन।गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनमा मालपाेत कार्यालयमा ताेडफाेड र आगजनी गरिएको थिया

ध्वस्त भएकाे मालपाेत कार्यालयकाे सेवा संचालनका लागि नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएशन पाेखरा इकाइ माैसम कार्कीले करिब १४ लाख मुल्य वरावरको कम्प्युटर, दराज, प्रिन्टर,टेवल मुर्ति लगायतका आवश्यक सामग्री आज हस्तान्तरण गरिएको छ।


नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएशन गन्डकीसंग आबद्ध र विभिन्न व्यक्तिसंग सहयाेग रकम संकलन मार्फत सामग्री खरिद गरि हस्तान्तरण गरिएको लेखापढी कानुन व्यवसायी पाेखरा इकाइ अध्यक्ष माैसम कार्कीले जानकारी दिनुभयाे ।

उक्त सामग्री आज पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे उपस्थितिमा नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएशन गन्डकीका संयोजक खडानन्द लामिछानेले मालपोत कार्यालय पाेखराकाे निमित्त प्रमुख शाेभाखर पाेखरेललाइ हस्तान्तरण गर्नुभयो।

पाेखराकाे घर जग्गा व्यवसायी कालु गुरुङले ५ लाख ५ हजार, कृष्ण कडेलले ५० हजार र ८ लाख रुपैयाँ व्यवसायीबाट संकलन गरिएको नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएशन पाेखरा इकाइ माैसम कार्कीले जानकारी दिनुभयो।

 

त्यस्तै आगजनी भएकाे कार्यालय २१ लाख रुपैयाँ लागतमा पूर्ननिर्माण हस्तान्तरण गरिएको छ। सामग्री ग्रहण गर्दै मालपोत अधिकृत शाेभाखर पाेखरेलले सेवा प्रवाह सहज बनाउन सहयाेग गर्ने दाताहरु प्रति आभार ब्यक्त गर्दै तिहार अगाडि नै सेवा सुरु गर्ने बताउनु भयाे । त्यस्तै कार्यक्रममा राेयल सहकारीले पनि कम्प्युटर लगायतका सामाग्री सहयाेग गरेकाे नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएशन पाेखरा इकाइका सचिव लिला गिरीले जानकारी दिनुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...