काठमाडौं, असोज २९ । नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव भएको छ ।
आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सो प्रस्ताव गर्नुभएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । चालु केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्तावलाई छलफल गरी अन्तिम निर्णय गर्ने छ।
बस्नेका अनुसार महाधिवेशनको मिति, स्थान र कार्यतालिका सम्बन्धी छलफल केन्द्रिय कमिटीमा गरेर अन्तिम टुङ्गो लाग्ने छ । उहाँले भन्नुभयो, ‘नेकपा एमाले पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पुर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूले प्रस्तुत गर्नु भयो, चालु केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्तावलाई छलफल गरेर निर्णय गर्ने छ।’