दशनामी समाज महिला समितिद्वारा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम

पाेखरा, कार्तिक १ गते ।नेपाल दशनामी समाज महिला समिति कास्कीले तिहारकाे अवसरमा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम गरेकाे छ ।


कार्यक्रममा बाेल्दै नेपाल दशनामी समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तारा गिरीे दशनामीहरु वीच सदभाव र एकता कायम गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले एकताबद्ध भएर समाजका गतिविधिहरुलाइ अगाडि बढाउन अनुराेध गर्दै तिहार आपसी सदभाव, भाइचारा कायम गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा नेपाल दशनामी समाज गन्डकी प्रदेश अध्यक्ष मिना गिरी,सृजना विकास केन्द्रका अध्यक्ष चन्द गिरी,दशनामी युवा समाज कास्कीका अध्यक्ष सरस्वती पुरी, प्रेस क्लब गन्डकीका अध्यक्ष एकराज गिरीले एकतामा बल हुने भएकाले दशनामीहरु वीच एकताबद्ध बन्नुपर्ने बताउनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...