सहयाेग गर्ने ब्यक्ति र सङ्घसंस्थालाई‌ पाेखरा १७ द्वारा धन्यबाद ज्ञापन

पोखरा। पोखरा महानगरपालिका वडा नं. १७ ले वडा कार्यालय भवन पुनः सञ्चालनका लागि सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई धन्यबाद ज्ञापन गरेकाे छ ।


जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी र तोडफोडका कारण ताेडफाेड र आगजनी बनेको कार्यालय भवन पुननिर्माणसँगै कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक सामाग्रीहरू सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई आज एक कार्यक्रम आयोजना गरेर धन्यबाद ज्ञापन गरिएको हो ।

 

कार्यक्रममा बोल्दै वडाअध्यक्ष राधिका शाहीले पहिलाको भन्दा थप व्यवस्थित र सेवाग्राहीलाई सहज हुने गरी कार्यालय सञ्चालनमा ल्याएको बताउँदै यसमा वडावासी र सङ्घसंस्थाको महत्वपूर्ण साथ सहयाेग रहेको बताउनुभयाे । आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको वडा कार्यालय भवनलाई वडाको बजेटबिना वडावासी र स्थानीय सङ्घसंस्थाको सहयोगमा संचालनमा ल्याउन सफल। भएकाे बताउदै टाेल विकास संस्था, आमा समुह लगायत वडावासीलाइ आभार व्यक्त गर्नुभयाे ।

 

कार्यकममा वडासचिव सुरेन्द शर्माले सहयाेग गरेका सङ्घसंस्थाको नाम सार्वजनिक गर्दै‌ उनिहरुले दिएका सामागीकाे‌ लगत राखिएकाे र चिन्ने गरि‌ काेड लेखिएकाे समेत बताउनु भयाे ।

 

कार्यकममा वडा सदस्य शिवराम भन्डारी, वडासदस्य बिक्रम गुरुङ  छोरेपाटन प्रहरी चौकीका असई गौतम श्रेष्ठले बाेल्नुभएकाे‌ थियाे । गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट वडाकार्यालयको पहिलाे तल्ला प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको थियो भने भुईतल्ला अन्य काेठा तोडफोड भएको थियो । वडा कार्यालयका लागि आवश्यक सामाग्री स्थानीय आमा समुह, महिला समुह र विभिन्न सङ्घसंस्थाले मन खोलेर सहयोग गरेको वडासदस्य बिक्रम गुरुङले बताउनुभयाे ।

 

वडा कार्यालयलाइ  गोमा कुमारी श्रेष्ठ, अमर सापकोटा, सच्चाइ केन्द्र नेपाल, रामजी प्रसाद शर्मा, नारीशक्ति जागरण आमा समूह, हरियाली टोल विकास संस्था, लगनशील महिला आमा समूह, तोयनाथ पौडेल, शिशुनिकेतन मार्ग टोल सुधार समिति, कास्की इन्डस्ट्रिज प्रा.लि., सुमित्रा लम्साल, हिमालयन स्कुलका प्रतिनिधिहरू, जनजागरण टोल विकास संस्था, ड्यामसाइड क्लब, ड्यामसाइड टोल विकास संस्था, रानाभाट समाज पोखरा, पुष्प (तेजकुमारी) गुरुङ, जागृति टोल विकास संस्था, मदन आश्रित टोल विकास संस्था, नमस्ते आमा समूह तल्लो रातोपैहा, हिमालयन म्युजियम टोल विकास संस्था, विष्णुप्रसाद बराल, छिमेकी आमा समूह, शितल चौतारी आमा समूह, लक्ष्मी कुमारी शर्माले सहयाेग गरेका थिए ।

 

त्यस्तै‌ आर‌.टी.ओ. रोड सुधार समिति, विजय गुरुङ, सिदार्थ सक्रिय आमा समूह, हनुमान टोल विकास संस्था, ढुङ्गेसाँघु सितापाइला आमा समूह, सिद्देश्वर–हरिहर मन्दिर संयुक्त समिति, ध्रुव काफ्ले, डेभिज फल्स टोल विकास संस्था, खड्गबहादुर शाही र लक्ष्मी शाही, विमल भट्टराई, डेभिज फल्स क्लब, माछापुच्छ्रे टोल विकास संस्था तथा आमा समूह, महिला उद्धार आमा समूह, सन्तोष मल्ल (यू.के.), मिजार समाज कास्की, सिद्दार्थ राजमार्ग टोल विकास संस्था, होटल साङ्ग्रिला भिलेज प्रा.लि., सितलपथ टोल विकास संस्था, तुलसी अधिकारी (जगदम्भा पेट्रोल पम्प), सितलचौतारी टोल विकास संस्था, अमले मार्ग टोल विकास संस्था र झङ्कनाथ पौडेल लगायतले‌ गरे  ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...