ओली निवास निर्माणका लागि कुनै पनि प्रकारको चन्दा संकलन नहुने

काठमाडौं, कात्तिक ८। नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले ओली निवास निर्माणका लागि कुनै पनि प्रकारको चन्दा संकलन नहुने स्पष्ट पार्नु भएकाे छ । उहाँले सो निवास गुण्डुबासीहरूकै सामूहिक भावना र सम्मानका प्रतीकका रूपमा बन्न लागेको बताउनुभयाे ।

उहाँका अनुसार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निमित्त बन्ने ‘ओली निवास’ गुण्डुबासकै पहलमा सुरु गरिएको हो । बस्नेतले भन्नुभयाे, ‘गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा, गुण्डुबासीकै हातबाट र गुण्डुबासीकै मनबाट यो निर्माण कार्य अघि बढ्दैछ ।’

 

सामाजिक सञ्जालमा चन्दा संकलन भइरहेको भन्ने हल्ला फैलिएको विषयमा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयाे, ‘कतिपय साथीहरूले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ, कतिपय मिडियाले पनि चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ  तर चन्दा उठाउने कुनै योजना छैन, कसैसँग पनि चन्दा उठाइँदैन ।’

 

बस्नेतका अनुसार ‘ओली निवास’ निर्माण कुनै आर्थिक अभियान होइन, बरु स्थानीय समुदायको आत्मीयता, स्नेह र गौरवको प्रतीक हो । उहाँले सबैप्रति साथ, स्नेह र शुभेच्छाका लागि धन्यवाद पनि व्यक्त गर्नुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...